जनताको ठुलो त्यागले मात्रै परिवर्तन सम्भव : कास्की इन्चार्ज गुरुङ • Nepal's Trusted Digital Newspaperजनताको ठुलो त्यागले मात्रै परिवर्तन सम्भव : कास्की इन्चार्ज गुरुङ • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • जनताको ठुलो त्यागले मात्रै परिवर्तन सम्भव : कास्की इन्चार्ज गुरुङ

जनताको ठुलो त्यागले मात्रै परिवर्तन सम्भव : कास्की इन्चार्ज गुरुङ

  • शुक्रबार, कार्तिक ८, २०७६
जनताको ठुलो त्यागले मात्रै परिवर्तन सम्भव : कास्की इन्चार्ज गुरुङ

हेमजा, ८ कात्तिक । नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङ (करण)ले जनताको ठुलो त्यागका कारण वर्तमान परिवर्तन सम्भव भएको बताएका छन्। नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) पोखरा २५ हेमजाले शुक्रवार(आज) विहान गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गुरुङले त्यस्तो धारणा प्रकट गरेका हुन् । सदस्य गुरुङले विगतमा राजामहाराजा तथा नेपाली काँग्रेसको गलत अर्थनितीका कारण देश टाट पल्टेको दावी गर्दै नेकपाले अव देशलाई आत्मनिर्भर अर्थतन्त्र तर्फ लैजाने दावी गरे ।

उनले सरकारले सामाजिक न्यायको सिद्घान्तको आधारमा वितरण प्रणाली अवलम्बन गर्ने पनि बताए । सानोतिनो मेहनत तथा त्यागले वर्तमान परिवर्तन नआएको दावी गर्दै सदस्यले गुरुङले परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा जोड पनि दिए । उनले अव नेपाली जनता समाजवादी सत्ता स्थापना गर्न लाग्नुपर्ने पनि धारणा राखे । गण्डकी प्रदेशसभा सदस्य तथा पार्टीका प्रदेश सदस्य रामजी वराल जीवनले इतिहासले गरुङगो तथा ओझिलो जिम्मेवारी नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)लाई प्रदान गरेको धारणा राखे । उनले नेपालको कम्युनिष्ट्र आन्दोलनलाई एकै सिराबाट लैजानुपर्ने औँल्याउँदै नेता तथा कार्यकर्तालाई माछा र पानीको संज्ञा दिए । बाँकी कम्युनिष्ट्र पार्टीलाई पनि मुलधारमा ल्याउनुपर्ने भन्दै एउटै कम्युनिष्ट्र केन्द्र गठन गर्नको विकल्प नेपालमा नभएको उनको तर्क थियो ।

नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) पोखरा महानगरपालिकाका अध्यक्ष दिपक पौडेलले पार्टी एकताको संदेश भावनात्मक रुपमा प्रकट हुनुपर्ने जनाए । नेकपा हेमजाका अध्यक्ष माधवशरण पौडेलले कार्यक्रमले पार्टी सदस्य बीच भावनात्मक एकता विकास गर्न मदत्त पुग्ने विश्वास दिए।
नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) हेमजाका अध्यक्ष माधवशरण पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन वडा सचिव शिवकुमार श्रेष्ठले गरेका थिए।

श्रीभद्र पौडेल

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका