राष्ट्रिय एकता कायम गर्न चाडपर्वको भुमिका महत्वपुर्ण : मुख्यमन्त्री गुरुङ • Nepal's Trusted Digital Newspaperराष्ट्रिय एकता कायम गर्न चाडपर्वको भुमिका महत्वपुर्ण : मुख्यमन्त्री गुरुङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय एकता कायम गर्न चाडपर्वको भुमिका महत्वपुर्ण : मुख्यमन्त्री गुरुङ

राष्ट्रिय एकता कायम गर्न चाडपर्वको भुमिका महत्वपुर्ण : मुख्यमन्त्री गुरुङ

  • शुक्रबार, कार्तिक ८, २०७६
राष्ट्रिय एकता कायम गर्न चाडपर्वको भुमिका महत्वपुर्ण : मुख्यमन्त्री गुरुङ

लमजुङ, ८ कार्तिक । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सदरमुकाम बेसीशहरमा नेकपाले विहीवार आयोजना गरेको दसै, तिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वको शुभकामना आदानप्रदान
तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण देशमा चाडपर्वले आपसमा सदभाव अभिवृद्धि गर्न योगदान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाडपर्वले सहिष्णुता, सद्भाव र एकतामा
सहयोग पुर्याउने गरेका छन् । त्यसैले चाडपर्वको महत्व कम आँक्न हुँदैन, यिनको संरक्षण गर्नुपर्छ ।’

अर्को प्रसंगमा मुख्यमन्त्री गुरुङले देश संघीयतामा गएको हुँदा स्थानीय, प्रदेश र केन्द्रीय सरकारबीचमा समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘संघीयता कार्यान्वयन गर्न स्थानीय, प्रदेश र संघ सरकारको समन्वय हुन अति आवश्यक छ ।’ कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सचेतक एवं प्रदेशसभा सदस्य मायानाथ अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य जमीन्द्रमान घले, टुका हमाल, नेकपा गण्डकी प्रदेश सदस्य, जिल्ला कमिटी सदस्य, नेकपाबाट निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख लगायतको सहभागिता थियो । नेकपाका जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य मधु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपाका जिल्ला सचिव समेत रहेका गण्डकी प्रदेशका सदस्य धनञ्जय दवाडीले गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका