पाेखरा, ७ कातिक । पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स ईण्डष्ट्रिज प्रालिमा कार्यरत ३७ वर्षीय रञ्जन राजवंशी ज्वेलर्सको ३३ तोला सुनसहित सम्पर्कविहीन भएका छन् ।
भारतको कलकत्ता घर भएका उनी बुधबारदेखि ३३ तोला सुनसहित सम्पर्कविहीन भएका हुन् । कम्पनीका पोखरा न्यूरोडको पसलबाट ३३ तोला सुनका गहना लिएर दिउँसो ३ बजे गहना बनाउने स्थान सृजनाचोक हिडेकोमा उनी बिहीवारसम्म सम्पर्क नआएको जानकारी कम्पनीले प्रहरीलाई दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले राजवंशीको खोजी भइरहेको जानकारी दिनुभयो ।