राष्ट्रिय पुजिको संरक्षण गरौ : मन्त्री चुमान • Nepal's Trusted Digital Newspaperराष्ट्रिय पुजिको संरक्षण गरौ : मन्त्री चुमान • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • राष्ट्रिय पुजिको संरक्षण गरौ : मन्त्री चुमान

राष्ट्रिय पुजिको संरक्षण गरौ : मन्त्री चुमान

  • बुधबार, कार्तिक ६, २०७६
राष्ट्रिय पुजिको संरक्षण गरौ : मन्त्री चुमान

पोखरा, ६ कार्तिक ।  गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले साना  ब्यबसायीको पक्षमा आफु निरन्तर लागि रहेको बताएका छन । राष्ट्रीय उद्योग ब्यापार महासंघ, गण्डकीले पोखरामा आयोजित चाडपर्ब बिषेश चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले प्रदेशले संबृद्धि हासिल गर्न साना    ब्यबसायीहरुको संरक्षण आवश्यक  रहेको बताएका थिए । उनले गण्डकी प्रदेश सरकारले संबृद्ध गण्डकी प्रदेश र्निमाणका लागि थालेका प्रयासहरुको सकारात्मक संकेत देखिन थालेको स्मरण गर्दे केही पनि भएन भनेर गरिएको नियोजित हल्लाको पछाडी नलाग्ने सबैलाई आग्रह गरेका थिए ।

IMG 8296 1

सबैले केही भएन भनेको सुनेर आफ्नै आँखा अगाडी देखिएका केही परिबर्तनहरु पनि पत्याउन गार्हो  होला जस्तो बनाइएको उनको भनाई थियो । कार्यक्रममा नेकपा कास्की जिल्ला ईन्चार्ज राजकाजि गुरुङ्गले उप–र्निबाचनमा होमिन सबैलाई आग्रह गरेका थिए । नेकपाका दैनिक देखिदै आएका सुधारका प्रयासहरु बाट केही बाह्य र केही आन्तरीक शत्ति नेकपा कमजोर बनाउन लागि परेको भन्दै संबृद्धिको बाटोमा  अविचलित  रुपमा लागि रहने उनको भनाई थियो ।

सुसासन र दण्डहीनताको अन्त्यका लागि बर्तमान सरकारले आफ्रना नेता बाटै अभियान सुरु गरेको र यसमा जो सुकै पनि पर्न सक्ने भएकाले नअतालिन अन्य दलहरुलाई उनले आग्रह गरेका थिए । शुसासन र कानुनी राज स्थापनाका लागि जो भएपनि छुट नहुने भएकाले को पर्यो भनेर हेर्न भन्दा पनि कस्ता अपराधिले कार्वाही भोगे भन्ने हिसावले हेर्न उनले सबैलाइै अनुरोध गरेका थिए । कार्यक्रममा उद्योग ब्यापार महासंघका गण्डकी ईन्जार्च राजकुमार सुबेदी, केन्दीय सदस्य दिलिप न्यौपाने उपाध्यक्ष प्रबेश उप्रति लगायतले बोलको थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका