थ्री एञ्जल्स नेपाललाई एसियन एन जी ओ लीडरसीप अवार्ड | Samacharpati थ्री एञ्जल्स नेपाललाई एसियन एन जी ओ लीडरसीप अवार्ड – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • थ्री एञ्जल्स नेपाललाई एसियन एन जी ओ लीडरसीप अवार्ड

थ्री एञ्जल्स नेपाललाई एसियन एन जी ओ लीडरसीप अवार्ड

थ्री एञ्जल्स नेपाललाई एसियन एन जी ओ लीडरसीप अवार्ड

पोखरा २४ असोज । उद्धार रोकथाम र पुर्नस्थापनाको माध्यमबाट मानव बेचविखन विरुद्धमा क्रियाशिल संस्था थ्रि एन्जल्स नेपालले एसियन एन जी ओ लीडरसीप अवार्ड हासील गरेको छ । यूनाईटेट अरब ईमिरेट्सको दुवईमा यहि असोज २२ र २३ गते आयोजना गरिएको एसियाली नेतृत्व सम्मेलनको अवसरमा संस्थाले उक्त अवार्ड प्राप्त गरेको हो । मानव बेचविखन विरुद्ध काम गर्दै आएको संस्थाले उत्कृष्ठ रोकथाम विधा अन्र्तगत अवार्ड हासील गरेको संस्थाका कार्यक्रम तथा परियोजना निर्देशक डा. मदन थापाले जानकारी दिनुभयो । अवार्ड ग्रहणका लागि संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी निर्देशक डा राजेन्द्र कुमार गौतम र संस्थाका अध्यक्ष शारदा खत्री गौतम दुवई पुग्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं साउथ अफ्रिकाका मन्त्रीले उक्त अवार्ड प्रदान गर्नुभएको थियो । संस्थाले प्राप्त गरेको यो चौथो अन्र्तराष्ट्रिय अवार्ड हो । सो अवसरमा बोल्दै प्रमुख कार्यकारी निर्देशक डा राजेन्द्र गौतमले मानव बेचविखन रोकथाममा हाम्रो अभियान निकै प्रभावकारी माध्यम रहेको बताउनुभयो । उक्त अवार्डले आँफूहरुमा थप उर्जा र मानव बेचविखन रोक्न जिम्मेवारीवोध महशुस भएको डा गौतमले बताउनुभयो ।

 

संस्थाले संगै जाउँ संगै सिकौँ भन्ने मूल नाराका साथ गत वर्षदेखि संस्थाले सञ्चालन गर्दै आएको हाम्रो अभियान नामक कार्यक्रम मार्फत मानव बेचविखन रोकथामको पहल गर्दै आएको छ । उक्त कार्यक्रममा विभिन्न एक सय देशहरुबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अवार्ड कार्यक्रममा अन्य थुप्रै विधामा अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ठ बैँकर्स, उत्कृष्ठ मोटिभेटर, सामाजिक अभियन्ता र सामाजिक रुपान्तरणमा सक्रीय संस्था तथा व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो । अवार्ड कार्यक्रममा दुवईका वित्तिय मन्त्री, उच्च पदस्थ अधिकारीहरुको समेत विशेष उपस्थिति थियो ।

आजको ट्रेन्डिङ समाचार