तनहुँमा सवारी दुर्घटना, दुई जना घाईते | Samacharpati तनहुँमा सवारी दुर्घटना, दुई जना घाईते – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • तनहुँमा सवारी दुर्घटना, दुई जना घाईते

तनहुँमा सवारी दुर्घटना, दुई जना घाईते

तनहुँमा सवारी दुर्घटना, दुई जना घाईते

तनहुँ, ४ कार्तिक । तनहुँ जिल्ला नगरपालिका-३ भतेरिचोक स्थित पृथ्वी राजमार्गमा चापाघाटबाट दमौली तर्फ आउँदै गरेको ६ प २६७७ नम्बरको मोटरसाईकलले पैदल यात्री कुमालटारी बस्ने वर्ष अन्दाजी ५०/ ५५ कृष्ण बहादुर राना लाई ठक्कर दिंदा राना घाईते भएका छन्।अन्दाजी १०:३० बजेको समयमा यो दुर्घट्ना भएको हो दुर्घट्नामा घाईते  रानालाई उपचारको लागि दमौली रत्नहरि अस्पताल ल्याईएको थियो  उनलाई यस अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि १०:५० तिर मणिपाल अस्पताल पोखरा पठाईएको छ ।  घाईते कृष्ण बहादुर रानाको अवस्था सिरियस रहेको छ । थप जानकारी आउँन बाकी छ दुर्घट्ना भएको खबर प्रहरीलाई थाहा भएपछि प्रहरी टोली   घटनास्थलमा तत्कालै पुगी थप अनुसन्धान गरीरहेको  छ ।

तनहुँ जिल्ला नगरपालिका -३ मा अर्को पनि दुर्घटना भएको छ । दुर्गा मन्दिर लाइन स्थित पृथ्वी राजमार्गमा दमौलीबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ४७२१ नम्बरको बसमा  दमौलीबाट पोखरा तर्फ जाँदै गरेको ग १३ प ४१०० नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिदाँ मोटरसाईकल चालक घाइते भएका छन् । मोटरसाईकल चालक तनहुँ जिल्ला ब्यास नगरपालिका-१ बस्ने बर्ष २४का सुमन परियार  रहेका छन् । घाइते सुमनलाई उपचारको लागि दमौली अस्पताल रत्नहरी पठाईएको छ  घाइते सुमन अवस्था भने मध्यम रहेको  छ घटनास्थलमा तत्कालै प्रहरी टोलीले दुवै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिईएको छ  थप अनुसन्धान गरिरहेको छ।

 

 

 

आजको ट्रेन्डिङ समाचार