रोकिराखेको दुई वटा बसमा आगलागी, बस जलेर पूर्णरुपमा क्षति – Samacharpati Samacharpatiरोकिराखेको दुई वटा बसमा आगलागी, बस जलेर पूर्णरुपमा क्षति – Samacharpati
  • होमपेज
  • रोकिराखेको दुई वटा बसमा आगलागी, बस जलेर पूर्णरुपमा क्षति

रोकिराखेको दुई वटा बसमा आगलागी, बस जलेर पूर्णरुपमा क्षति

रोकिराखेको दुई वटा बसमा आगलागी, बस जलेर पूर्णरुपमा क्षति

काठमाडौँ, ३ कात्तिक  ।  ललितपुर महानगरपालिका–१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुई वटा बसमा आज बिहान आगलागी भएको छ ।महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान १०ः५५ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए । आगलागीबाट पार्किङ गरिराखेको बा ३ ख १३८९ र बा ३ ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ । अर्को सँगै रोकिराखिएको बा २ ख ५९४५ नं. को बसमा भने आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।ढोका बन्द भएको बा ३ ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका