चलचित्र ‘लक्ष्मी रानी’ काे सुखद ओपनिङ, प्रर्दशनकाे दिनमानै दर्शकहरुकाे राम्रो प्रतिक्रिया | Samacharpati चलचित्र ‘लक्ष्मी रानी’ काे सुखद ओपनिङ, प्रर्दशनकाे दिनमानै दर्शकहरुकाे राम्रो प्रतिक्रिया – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • चलचित्र ‘लक्ष्मी रानी’ काे सुखद ओपनिङ, प्रर्दशनकाे दिनमानै दर्शकहरुकाे राम्रो प्रतिक्रिया

चलचित्र ‘लक्ष्मी रानी’ काे सुखद ओपनिङ, प्रर्दशनकाे दिनमानै दर्शकहरुकाे राम्रो प्रतिक्रिया

चलचित्र ‘लक्ष्मी रानी’ काे सुखद ओपनिङ, प्रर्दशनकाे दिनमानै दर्शकहरुकाे राम्रो प्रतिक्रिया

काठमाडौं, ३  कातिेक । नायिका निर्मात्री तथा लेखक शुभेच्छा थापाद्वारा निर्देशित चलचित्र ‘लक्ष्मी रानी’  कात्तिक १ गते देखि देशभरका सिनेमा घरमा एकैसाथ प्रर्दशन सुरु भएको छ । सुरुको दिनमानै सुखद ओपनिङ गरेको चलचित्र ‘लक्ष्मी रानी’ लाइ दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् । नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ दर्शकहरुको रोजाइमा पर्नेमा निर्देशक थापा ढुक्क छिन ।

शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र देशका दुर्गमदेखि सुगम क्षेत्रमा छायाँकन गरिएको फिल्म हो । चर्चित पत्रकार विनोद त्रिपाठी यो चलचित्रका परिकल्पनाकार हुन् । यो चलचित्र बिशुद्ध नेपाली नारीको अबस्था र सामाजिक परिवेशमा आधारित छ । ‘लक्ष्मी रानी’ चलचित्र नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन् ।

यो चलचित्रमा एउटा नारीले कसरी गाउँले जिवनयापनदेखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि संघर्ष गर्नुपरेको छ भन्ने देखाउने प्रयास गरिएको छ । द्वन्द्व, मनमुटाव, संघर्ष, गरिबी, शिक्षा र सफलतालाई यो चलचित्रको कथामा मुख्य जोड दिइएको निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वंय थापाले गरेकी हुन् ।

‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी लगायत रहेका छन् । चलचित्रमा ‘लक्ष्मी रानी’ लाई भन्ने वोलको शिर्ष गित रहेको छ । यसमा गायिका तथा गायकमा जुनु रिजाल–दौलत राई र गितकार लोक राई रहेका छन् । अर्को ‘फुल्यो सयपत्री’ भन्ने वोलको गितमा गायक गायिका ध्रुबराज अधिकारीर संगिता तिमिल्सेना र गितकार शंकर अधिकारी ‘घायल’ रहेका छन् । दुवै गितमा चर्चित युबा संगितकार बबुल गिरीको संगित रहेको छ । चलचित्रलाई रामेश्वर हुमागाईं , दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन् ।

सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । चलचित्र बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रा.लिले जिम्मा लिएको छ । दिपावली २०७६ सालको तिहारको पूर्व सन्ध्यामा मा प्रर्दशनमा आएको चलचित्र ूलक्ष्मी रानीू सबैले मन पराएकोमा निर्देशक थापा दङ्ग छिन । ‘लक्ष्मी रानी’ चलचित्रको सुदुरपश्चिमको दार्चुला, नेपालगञ्ज, चितवनको सौराहा, भैरहवा, काभ्रेको पनौती र काठमाडौंमा सुटिङ गरिएको छ। यो चलचित्रमा हाम्रो समाजमा नारीहरुले जिवन जिउनका लागि कसरी संघर्ष गर्नु परेको छ भन्ने देखाउन खोजिएकोले सम्पुर्ण नेपाली दर्शकलाई ‘लक्ष्मी रानी’ मनपर्ने निर्देशक थापाले दाबी गरिन् ।

आजको ट्रेन्डिङ समाचार