कास्कीमा सवारी दुर्घटना ४७ जना घाईते | Samacharpati कास्कीमा सवारी दुर्घटना ४७ जना घाईते – Samacharpati
Samacharpati
मङ्लबार, अशोज १२, २०७८
  • होमपेज
  • कास्कीमा सवारी दुर्घटना ४७ जना घाईते

कास्कीमा सवारी दुर्घटना ४७ जना घाईते

कास्कीमा  सवारी दुर्घटना ४७ जना घाईते

पोखरा,  १७ असोज । पोखरा महानगरपालिका-३१ सुन्दरीडाँडा स्थित भञ्याङमा बेगनासबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ४७७१ नंम्बरको बस अचानक घुम्तिबाट अंन्दाजी ३० मिटर तल खस्न जाँदा उक्त बसमा सवार ४७ जना घाईते भएका छन् उपचारको लागि पोखरा स्थित विभिन्न अस्पतालमा पठाईएको छ । घाईतेहरु मध्य २३ जनाको अवस्था मध्यम छ भने २४ जना सामन्य घाईते भएका छन् । उक्त स्थान प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

पोखरा महानगरपालिका-६ डिहिकोपाटन स्थित ग १२ प ९०११ नंम्बरको स्कुटर पछाडी सवार पोखरा महानगरपालिका-९ चिप्लेढुङा बस्ने वर्ष २७ को आशिष गुरुङ उक्त स्कुटरबाट खस्दा घाइते भएका छन् । घाइतेलाई उपचारको लागि मणिपाल अस्पताल लगिएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आजको ट्रेन्डिङ समाचार