प्रदेशस्तरीय पाठ्यक्रममा नैतिक पक्षका विषयलाई प्राथमिकता दिईने : मन्त्री पुन | Samacharpati प्रदेशस्तरीय पाठ्यक्रममा नैतिक पक्षका विषयलाई प्राथमिकता दिईने : मन्त्री पुन – Samacharpati
Samacharpati
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • प्रदेशस्तरीय पाठ्यक्रममा नैतिक पक्षका विषयलाई प्राथमिकता दिईने : मन्त्री पुन

प्रदेशस्तरीय पाठ्यक्रममा नैतिक पक्षका विषयलाई प्राथमिकता दिईने : मन्त्री पुन

प्रदेशस्तरीय पाठ्यक्रममा नैतिक पक्षका विषयलाई प्राथमिकता दिईने : मन्त्री पुन

पोखरा १७ असोज । मन्टेस्वरी एशोसिएसन कास्कीको चौंथो साधारण सभा तथा दोस्रो अधिवेशन बिहीबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवीपुनले साधारण सभा तथा अधिवेशनको समुद्घाटन गर्नुहुँदै यो वर्ष गण्डकी प्रदेशको माध्यमिक तहसम्मको पाठ्यक्रम तयार पारिने बताउँनु भयो साथै मन्त्री पुनले सबै सरोकारवालाहरुसँग मिलेर विधेयक तयार गरि प्रदेश शिक्षा ऐन निर्माण गरिने बताउँनुभयो । वर्तमान समयमा नैतिक शिक्षाको अति आवश्यकता भएकाले बालबालिकाको भविष्यलाई ध्यानमा राखी गुणात्मक शिक्षामा जोड दिने बताउँदै मन्त्री पुनले विद्यार्थीवर्गमा देखिएको नकारात्मक क्रियाकलापलाई सही मार्गमा डोर्याउँन पाठ्यक्रमै नैतिक शिक्षाको पाटोलाई जोड दिई पाठ्यक्रम तयार पारिने बताउँनु भयो ।

यस वर्षका ४ वटा महत्वपूर्ण शैक्षिक योजनाका बारेमा बताउँनु हुँदै मन्त्री नरदेवी पुन मगरले गण्डकी प्रदेशका सबै निर्वाचन क्षेत्रमा नमुना आवासिय विद्यालयको खोलिने बताउँनु भयो त्यसैगरि पोखरालाई खेल पर्यटनको रुपमा विकास गर्न खेलमा रुचि हुने विद्यार्थीहरुका लागि विशेष विद्यालयको स्थापना समेत गरिने बताउँनु भयो । मन्टेस्वरीले भूमिका निभाउन सक्ने बाल मैत्री विद्यालय प्रदेशका सबै निर्वाचन क्षेत्रमा खोलिने बताउँदै मन्टेस्वरी एशोसियसन कास्कीले बाल मैत्री विद्यालयको लागि विशेष भूमिका खेलिदिन आग्रह गर्नुभयो । मन्त्री पुनले सरकारले शिक्षा क्षेत्रमा गरिएको लगानी अनुसार आउट पुट नआएको बताउँदै सबै सरोकारवाला बुद्धिजीविवर्गले ध्यान दिनुपर्ने बताउनु भयो ।

त्यसैगरि मन्टेस्वरी एशोसियसनको चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनले मिलन के.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उच्च अदालत बार एशोसियनका अध्यक्ष दयाराम गौतमको संयोजकत्वमा बनेको निर्वाचन समितिले मन्टेस्वरीविद् मिलन के.सीको नेतृत्वमा नयाँ कार्यसमिति बनाएको छ । एशोसियसनको उपाध्यक्षमा साल्भी बाँस्तोला, सचिवमा सावित्री थापा मोक्तान, सह–सचिवमा जर्नादन सुवेदी सदस्यहरुमा क्रमशः अप्सरा अधिकारी, गोमा कार्की, संगीता न्यौपाने, नारायणी कुँवर, संगीता सुवेदी, रिता पौडेल, किरण सिंह कार्की र नीरामणी गौतम चयन हुनुभएको छ भने समितिले अन्य विविध विषयमा छलफल हुन बाँकी भएको जानकारी दिएको छ ।

मन्टेस्वरी एशोसियसन कास्कीका अध्यक्ष अरुना शेरचनको अध्यक्षतामा सम्पन्न साधारण सभा तथा अधिवेशनमा वरिष्ठ शिक्षाविद् जर्ज जोनलाई विशेष सम्मान गरको छ । एशोसियसनले समग्र शिक्षा क्षेत्रको विकासका लागि अतुलनीय योगदान दिए बाफत जोनलाई सम्मान गरिएको हो । शिक्षा विद् जोनलाई एशोसियसनका अध्यक्ष अरुना शेरचनले सम्मान पत्र तथा पोखरा महानगरपालिकाका वडा नं. ५ का अध्यक्ष धनबहादुर नेपालीले शिक्षाविद् जर्ज जोन्लाई दोसल्लाह ओढाएर सम्मान गर्नुभएको हो । एशोसियसनले पहिलो वर्षमा प्रकाशन गरेको मन्टेस्वरी आयाम भाग –१ नामक स्मारिकाको समेत विमोचन गरेको छ । स्मारिकाको विमोचन गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन, शिक्षा विद् जर्ज जोन, प्याप्सन कास्कीका अध्यक्ष प्रेम शर्मा, महानगरपालिका शिक्षा विभागका शाखा प्रमुख विश्वराज आचार्य, वडा नं. ५ का धनबहादुर नेपालीले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

मन्टेस्वरी एशोसिएसनका उपाध्यय मन्टेस्वरी विद् मिलन के.सी.ले मन्टेस्वरीको आयाम बढेको बताउँनु भयो । वर्तमान समयमा बालबालिकाका लागि मन्टेस्वरी क्षेत्र आमा समान्सिद्ध भएकाले अभिभावकले मन्टेस्वरी विशेष शिक्षा रुचाएको बताउँनु हुँदै मन्टेस्वरी विद्यालयको छाता संगठन मन्टेस्वरी एशोसियसन कास्कीको तर्फबाट हार्दिक बधाई र छोटो गतिविधिहरुबारे प्रकाश पार्नुभएको सो कार्यक्रममा पोखरा महानगरपालिकाका शिक्षा विभागका शाखा प्रमुख विश्वराज आचार्यले सबै मन्टेस्वरीले बालबालिकाहरुलाई गुणस्तरीय, व्यावहारिक तथा नैतिक शिक्षामा जोड दिन आग्रह गर्नुभयो । बाल शिक्षा विकासमा केन्द्रित रहेको बताउँदै आचार्यले मन्टेस्वरी एशोसियसन कास्कीसँग सहकार्य गरि अगाडि बढ्ने र समग्र कास्कीलाई नै बालमैत्री जिल्ला बनाउँन अनुरोध गर्नु भयो ।
सरकारले नीजि विद्यालयलाई त्यति चाँसो नदेखाएको बताउँनु हुँदै प्याप्सन कास्कीका अध्यक्ष प्रेम शर्माले सरकारले नीजि तथा सरकारी दुवै विद्यालयका सेवा सुविधालाई मुल्याकंन गरि व्यहोर गर्न आग्रह गर्नुभयो । अहिले संघीय शिक्षा ऐन होस् या प्रदेशिक शिक्षा ऐन होस् दुवैले आलोचना खेपेको बताउँदै अध्यक्ष शर्माले पाठयक्रमलाई परिमार्जन गरि समय र जीवन उपयोगी विषय वस्तु पाठ्यक्रममा समावेश गरिनुपर्नेमा जोड दिनु भयो ।

पत्रकार महासंघ कास्की उपाध्यक्ष विमला भण्डारीले मन्टेस्वरी शिक्षा र यस एशोसियसनले बाल विकासको लागि महोत्वपूर्ण भूमिका खेलेकोमा आभार प्रकट गर्नुभयो । भने पोखरा महानगरपालिका वडा नं. ५ का अध्यक्षले धनबहादुर नेपालीले वडा नं. ५ मातहतका मन्टेस्वरीहरुको तथ्यांक संकलन गरि बालमैत्री वा बाल शिक्षा कार्यक्रम आयोजना गरिने बताउँदै मन्टेस्वरी एशोसियसन कास्कीले गरेका सम्पूर्ण गतिविधीहरु निकै सान्दर्भिक र बालबालिकाका लागि प्रेरणाप्रदायक रहेको बताउँनु भयो । मन्टेस्वरी एशोसिएसन कास्कीका अध्यक्ष अरुना शेरचनले प्रदेशसँग बाल विकास र शिक्षाको लागि सहकार्य गर्ने बताउँदै मन्टेस्वरी शिक्षामा ६० को दशक यता व्यापक सहभागिता देखिएको र मन्टेस्वरीको उपयोगिता झन् बढ्दै गएकाले मन्टेस्वरीको क्षेत्रलाई अझ फराकिलो पारिने बताउँनु भयो । उहाँले मारिया मन्टेस्वरीले जन्म दिएको यो सिद्धान्त २ वर्ष देखि ६ वर्षका बालबालिकाहरुलाई निकै व्यापारिक शिक्षा हुने दाबी गर्नुभयो ।

हरेक वर्ष मन्टेस्वरी एशोसियसनले विविध क्षेत्रमा पुगेर कार्यक्रमको आयोजना गरेको र सहयोग गर्ने सम्पूर्ण एशोसियसनका सहकर्मीहरु प्रति आभार प्रकट गर्दै शुभकामना व्यक्त गर्नुभयो । मन्टेस्वरी एशोसियसनले विभिन्न कार्यहरुमा गहन जिम्मेवारी बहन गरेबाफत सम्मान गरेको छ । सम्मान पाउँनेमा अप्सरा अधिकारी, रितु पौडेल, जनार्दन सुवेदी, मिलन केसी, भवानी अधिकारी, नारायणी कुँवर, निरमणी गौतम, रितादेवी सुवेदी, कुलप्रसाद सुवेदी, सावित्री थापा मोक्तान लगायतलाई सम्मान गरेको हो । कार्यक्रममा एशोसियसनका कोषाध्यक्ष सावित्री थापाले वर्ष २०७५÷०७६ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुएको थियो भने कार्यक्रमको संचालन सचिव कुलप्रसाद सुवेदीले गर्नुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार