आर्थिक, उद्योग, बैँकिङ्ग, व्यवसायमा देखिएका समस्या समाधानमा सकारात्मक पहलको अपेक्षा | Samacharpati आर्थिक, उद्योग, बैँकिङ्ग, व्यवसायमा देखिएका समस्या समाधानमा सकारात्मक पहलको अपेक्षा – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • आर्थिक, उद्योग, बैँकिङ्ग, व्यवसायमा देखिएका समस्या समाधानमा सकारात्मक पहलको अपेक्षा

आर्थिक, उद्योग, बैँकिङ्ग, व्यवसायमा देखिएका समस्या समाधानमा सकारात्मक पहलको अपेक्षा

आर्थिक, उद्योग, बैँकिङ्ग, व्यवसायमा देखिएका समस्या समाधानमा सकारात्मक पहलको अपेक्षा

काठमाडौँ, १७ असोज । मुलुकको आर्थिक, उद्योग, बैकिङ्ग व्यवसायको विद्यमान वस्तुस्थिती तथा यस क्षेत्रमा देखिएका नीतिगत, कानूनी एवं प्रक्रियागत समस्याका सन्दर्भमा नेपाल उद्योग परिसंघ लगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुले सरकारसँग विभिन्न माध्यमबाट निरन्तर सम्वाद तथा सहकार्य गर्दै आएका छन् । सरकारले आर्थिक, उद्योग, बैँकिङ्ग ऐन आदि क्षेत्रमा कानूनको नीतिगत व्यवस्था एवम् प्रक्रियागत सुधारमा देखाएको चासो प्रति निजी क्षेत्र उत्साहित भएको पनि छ ।

तर हाल केही समय यतादेखि उद्योग,आर्थिक एवम् बैँकिङ्ग व्यवसाय लगायतका क्षेत्रमा विभिन्न अव्यवहारिक बाध्यात्मकता (Compliance) व्यवस्था भएको कारण एकातिर व्यवसाय सञ्चालन महङ्गो (Doing Business Costly) हुन गएको छ भने अर्कोतिर बैँकिङ्ग क्षेत्रमा जे–जस्ता घटना क्रम विकसित भएका छन् त्यसप्रति परिसंघ लगायत सम्बन्धित क्षेत्रको गम्भिर ध्यानाकर्षण भएको छ ।

आर्थिक, उद्योग, बैकिङ्ग व्यवसाय एक अर्काका परिपूरक भएको यथार्थतामा एउटा क्षेत्रमा पर्न जाने अप्ठेराले एक अर्को क्षेत्र समेत प्रभावित हुने हुँदा सरकारबाट उद्योग, आर्थिक एवं बैकिङ्ग व्यवसायको मनोवल बढाउने गरी यी क्षेत्रमा कार्यरत उद्योगी व्यवसायी तथा यस क्षेत्रमा कार्यरत व्यवसायीक व्यक्तित्वहरुको मनोवल बढाउने वातावरणको सुनिश्चितता कायम गर्न परिसंघ सरकारमा आग्रह गर्दछ ।

विज्ञप्ति:
वित्तीय क्षेत्रमा हालै विकसित घटना क्रमहरुले बैंक तथा वित्तीय संस्थामा आवद्ध सम्पूर्ण जनशक्तिहरु चिन्तित भएकोले यसले आगामी दिनमा ऋण प्रवाहमा पर्न सक्ने असर तथा समग्र अर्थतन्त्रमा नै प्रतिकूल प्रभाव पर्न सक्ने कुरालाई मननगर्दै सो समस्या निरुपणमा सम्बन्धित निकायबाट सकारात्मक रुपमा सामाधानको लागि आवश्यक पहल गर्नेमा हामीविश्वस्त रहेका छौं ।

आजको ट्रेन्डिङ समाचार