स्याङजामा लागूऔषध सहित ३ जना मानिस पक्राउ | Samacharpati स्याङजामा लागूऔषध सहित ३ जना मानिस पक्राउ – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • स्याङजामा लागूऔषध सहित ३ जना मानिस पक्राउ

स्याङजामा लागूऔषध सहित ३ जना मानिस पक्राउ

स्याङजामा लागूऔषध सहित ३ जना मानिस पक्राउ

वालिङ, १६ असोज । वालिङ नगरपालिका-१३ गाहाँखोला स्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू तथा अन्य स्थानहरूमा समेत चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख. ४९७१ नंम्बरको हाईसमा सवार म्याग्दीको बेनी नगरपालिका-२ बस्ने वर्ष ३२को श्रीराम कार्कीले बोकेको झोलाबाट नोफिन-७५ पिस, डाईजेपाम-७५ पिस, फेनरागन-७५ पिस, नाईट्राजेपाम ४३ पिस लागूऔषध सहित पक्राउ गरिएको छ ।

साथै गल्याङ नगरपालिका-१३ गाहाँखोला झाडिमा शंकास्पद अवस्थामा बसेका भिरकोट नगरपालिका-१ बस्ने वर्ष २१ को भरत गुरूङ र वर्ष २० को सहितविन मियाको साथबाट प्रयोग नभएको सिरिन्ज-५ सेट, फेनरागन –२३ पिस, डाईजेपाम-२४ पिस, नोफिन -२२ पिस सहित दुवै जनालाई नियन्त्रणमा लिईथप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।

आजको ट्रेन्डिङ समाचार