झोलामा औषधि बोकेर घरघरमा लगेर बेच्ने झोले पसलेहरुलाई नियन्त्रण गरिनुपर्छ : अध्यक्ष बन्जाडे | Samacharpati झोलामा औषधि बोकेर घरघरमा लगेर बेच्ने झोले पसलेहरुलाई नियन्त्रण गरिनुपर्छ : अध्यक्ष बन्जाडे – Samacharpati
Samacharpati
मङ्लबार, अशोज १२, २०७८
  • होमपेज
  • झोलामा औषधि बोकेर घरघरमा लगेर बेच्ने झोले पसलेहरुलाई नियन्त्रण गरिनुपर्छ : अध्यक्ष बन्जाडे

झोलामा औषधि बोकेर घरघरमा लगेर बेच्ने झोले पसलेहरुलाई नियन्त्रण गरिनुपर्छ : अध्यक्ष बन्जाडे

झोलामा औषधि बोकेर घरघरमा लगेर बेच्ने झोले पसलेहरुलाई नियन्त्रण गरिनुपर्छ : अध्यक्ष बन्जाडे

कपिलवस्तु, १६ असोज लामो समय देखि स्वास्थ्य क्षेत्रमा काम गदै आउनु भएका र हाल नेपाल आयुर्वेद औषधी ब्यबसायी संघ कपिलबस्तुका अध्यक्ष गोपाल बन्जाडेले एक रेडियो अन्तरसम्वाद कार्यक्रमा बोल्दै सरकारले आयुर्वेद स्वास्थ्य क्षेत्रमा कम लगानी गरेको बताउनु भएको छ । सरकारले आयुर्वेद जस्तो मह्त्वपुर्ण काममा लगानी कम गर्दा जनताले सहज रुपमा आयुर्वेदीक औषधीरसेवा उपचार सेवन गर्न नपाएको बताउनु भयो ।

आधुनिक चिकित्सा पद्धतिका औषधी सेवन गर्दा साइड इफेक्ट हुने तथा आयुर्वेदीक औषधी सेवन गर्दा कुनै पनि किसिमको असर नपर्ने हुंदा यसले बिस्तारै काम गरेता पनि यसको प्रभावकारीता राम्रो रहेको बताउनु भएको थियो । खुला सिमानाका कारणले झोलामा औषधि बोकेर घरघरमा लगेर बेच्ने झोले पसलहरुलाई जब सम्म सरकारले नियन्त्रणमा लिई औषधी बेच्न ब्यापारीलाई रोक लगाउन सक्दैन तब सम्म आयुर्वेद औषधी ब्यबसायीहरु मारमा परिरहने भन्दै ब्यबसाय गर्दा प्रक्रिया पुरा गरेर मात्रै ब्यावसाय गर्नु पर्ने बताउनु भएको छ ।साथै जिल्ला भर छरिएर रहेका ब्यावसायीहरुलाई संघमा आबद्द हुन समेत आग्रह गर्नुभयो ।

अध्यक्ष बन्जाडेले शिवराज नगरपालिका भित्र आयुर्वेद औषधालय नभएकाले स्थानिय सरकारले पहल गर्नु पर्ने बताउनु भयो । अध्यक्ष बन्जाडेले आयुर्वेद औषधी ब्यबसायी संघ कपिलबस्तु शाखा नयां योजना बनाएर अंगाडि बढाउने बताउनु भएको छ । पछिल्लो समयमा आयुर्वेद चिकित्त्सा पद्धतीबाट उपचारलाई प्रभावकारी बनाउन स्थानिय सरकारले पहल गर्नु पर्ने बताउनु भयो।

आजको ट्रेन्डिङ समाचार