कास्कीमा विदेशी नागरिक (पर्यटक) मृत अवस्थामा फेला, लागूऔषध सहित ४ जना पक्राउ | Samacharpati कास्कीमा विदेशी नागरिक (पर्यटक) मृत अवस्थामा फेला, लागूऔषध सहित ४ जना पक्राउ – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • कास्कीमा विदेशी नागरिक (पर्यटक) मृत अवस्थामा फेला, लागूऔषध सहित ४ जना पक्राउ

कास्कीमा विदेशी नागरिक (पर्यटक) मृत अवस्थामा फेला, लागूऔषध सहित ४ जना पक्राउ

कास्कीमा विदेशी नागरिक (पर्यटक) मृत अवस्थामा फेला, लागूऔषध सहित ४ जना पक्राउ

पोखरा, १५ असोज । अन्नपुर्ण गाउँपालिका-७ बादलडाँडा स्थित होटल 360 मा थाईल्याण्डको नागरिक.P.P.NO.AA9700562 भएको वर्ष ५५ को DUANGTAWEESUV SOMCHAI नाम गरेको पर्यटक आफ्नो टोलिसहित मिति २०७६/०६/१० गते ट्रेकिङको लागि मर्दी बेस क्यामबाट मर्दी हिमाल तर्फ जांदै गर्दा लेक लागि बिरामि भएर सोहि दिननै फिर्ता भएका थिए । उक्त होटलमा आई बसेका थिए । मिति २०७६/०६/१४ गते बिहान अन्दाजी ०८:३० बजे थाईल्याण्डको नागरिक मृत अवस्थामा फेला परेको भन्ने खबर प्रहरीलाई  प्राप्त हुनासाथ प्रहरी उक्त स्थानमा खटिई मौसम खराबीका कारण शवलाई काठमाण्डौ पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०६/१५ गते पोखरा महानगरपालिका -६ खहरे स्थित रहेको होटल कोकनमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौ, वडा प्रहरी कार्यलय वैदाम कास्की र लागूऔषध संघिय व्यूरो पोखरा बाट खटिएको प्रहरी टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध सहित चार जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा पोखरा -९पृथ्बीचोक बस्ने वर्ष २२ को हसिद नसिब अख्तर अली, भारत मिजोराम साउथ ईण्डिया बस्ने वर्ष ३९ को मिजोराम नियाना, जिल्ला पर्सा घर भएका  हाल पोखरा-९ पृथ्बीचोक बस्ने वर्ष २८ को सहिद अख्तर मियाँ,जिल्ला तनहुँ शुक्लागण्डकी-९ बस्ने वर्ष २३ की रजिया खातुन रहेका छन् ।

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले४५ पिस रातो रंगको ऐनफेटागन(YABA), प्लास्टिकको झोलामा राखेको अंन्दाजि १५० ग्राम लागूऔषधजन्य सुकेको पात समेत फेला पारेर बरामद गरेको छ । पक्राउ परेका सबै जना उपर प्रहरीले थप अनुसन्धान तथा कारबाहि प्रक्रिया अगाडि बढाएको छ ।

आजको ट्रेन्डिङ समाचार