दशैँको अवसरमा पोखरा उद्योग वाणिज्य संघमा चियापान तथा शुभकामना आदान प्रदान | Samacharpati दशैँको अवसरमा पोखरा उद्योग वाणिज्य संघमा चियापान तथा शुभकामना आदान प्रदान – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • दशैँको अवसरमा पोखरा उद्योग वाणिज्य संघमा चियापान तथा शुभकामना आदान प्रदान

दशैँको अवसरमा पोखरा उद्योग वाणिज्य संघमा चियापान तथा शुभकामना आदान प्रदान

दशैँको अवसरमा पोखरा उद्योग वाणिज्य संघमा चियापान तथा शुभकामना आदान प्रदान

पोखरा, १५ असोज । पोखरा उद्योग वाणिज्य संघले दशैँ, तिहार, नेपाल संवत् र छठको उपलक्ष्यमा बुधबार चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । चियापान तथा शुभकामना कार्यक्रममा पोखरामा रहेका प्रशासनिक तथा सुरक्षा निकाय, विभिन्न संघरसंस्थाको प्रमुख तथा प्रतिनिधिहरु, संघका पूर्वअध्यक्षहरु, बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि एवं संघका साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।

संघले हरेक वर्ष चाडबाडको बेला चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको छ । चियापान तथा शुभकामना कार्यक्रममा सहभागिहरुलाई संघका अध्यक्ष दामु अधिकारीसहित पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले स्वागत गरेका थिए । चियापान कार्यक्रममा उपस्थित अतिथिहरुको स्वागत गर्दै संघका अध्यक्ष दामु अधिकारीले सद्भाव र खुसी लिएर आउने पर्वको अवसरमा शुभकामना साँटासाँटले आत्मियता बढाउने धारणा राखेका छन् । काममा विश्वास गर्ने निजी क्षेत्र सदैव सकारात्मक सोचका साथ आफ्नो काममा लाग्नुपर्ने बताउँदै उनले चियापानमा भएको सहभागिताप्रति हार्दिक कृतज्ञता पनि ज्ञापन गरे ।

 

आजको ट्रेन्डिङ समाचार