स्वास्थ्य उपचार सहयोग कोष स्थापना कार्यक्रम | Samacharpati स्वास्थ्य उपचार सहयोग कोष स्थापना कार्यक्रम – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • स्वास्थ्य उपचार सहयोग कोष स्थापना कार्यक्रम

स्वास्थ्य उपचार सहयोग कोष स्थापना कार्यक्रम

स्वास्थ्य उपचार सहयोग कोष स्थापना कार्यक्रम

पोखरा, १५ असोज । सिद्धार्थ क्लब पोखराले पोखरा महानगरपालिका वडा कार्यालयका अध्यक्ष श्री तिर्थ राज अधिकारीको प्रमुख आतिथ्यतामा पोखरा बृद्धाश्रम, पोखरा १७ सितापाइलामा स्वास्थ्य उपचार सहयोग कोष स्थापना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तिर्थ राज अधिकारीले पोखरा वृद्धाश्रम जिवन्त राख्न वडा कार्यालयले सहयोग गर्नै प्रतिवद्धता व्यक्त गर्दै आश्रमको विस्तृत योजना वडा कार्यालयमा पेश गर्न अनुरोध गर्नुभयो । यसै गरि कार्यक्रमका सभाध्यक्ष पार्वती माकाजूले सिद्धार्थ क्लबले विगत देखी खानेपानि, स्वास्थ्य, एम्बुलेन्स लगायतका सेवा पोखरा वृद्धाश्रममा प्रदान गर्दै आइरहेको सन्दर्भमा आश्रमका ज्येष्ठ नागरिकको स्वास्थ्य लाई ख्यालमा राख्दै औषधी उपचारमा सहयोग गर्न स्वास्थ्य उपचार सहयोग कोष स्थापना गरिएको जानकारी गराउनुभयो ।

आश्रमका अध्यक्ष वसन्त केशव पराजुलीले क्लबले आश्रममा गरेको सहयोगको स्मरण गर्दै प्राप्त सहयोगको सही सदुपयोग गर्नेमा प्रतिवद्धता जनाउनुभएको थियो । साथै उहाले आश्रम व्यवस्थापन गर्न सहयोग गर्न वडा कार्यालय, सिद्धार्थ क्लबका साथै अन्य संघ संस्थालाई अनुरोध गर्नुभयो । यसैगरि असहाय कल्याणकारी संस्थाका कार्यसमिति सदस्य हरिश्चन्द्र शर्माले सिद्धार्थ क्लब एक विश्वासिलो संस्था रहेकोले विगतमा सिद्धार्थ क्लबलाई कोष स्थापनाका लागि रकम सहयोग गरेको जानकारी गराउँदै उक्त सहयोग रकममा रकम थप गरि बृद्धा आश्रममा उपचार कोष स्थापना गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गर्दै आफनो संस्थाको उद्धेश्य पुरा हुनेमा विश्वस्त रहनु भयो ।

पोखरा वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई आधारभूत स्वास्थ्य सेवाका लागी आवश्यक औषधीको व्यवस्थापनका लागि सहयोग पुर्याउन रु दुई लाख सात हजार रकमको स्वस्थ्य उपचारकोष स्थापना गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष तिर्थ श्रेष्ठले, कार्यक्रममाथि प्रकाश पूर्व अध्यक्ष सुमनकुमार श्रेष्ठ र कार्यक्रम संचालन सचिव ईन्दिरा मर्सानी श्रेष्ठले गर्नुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार