कस्यप सहकारीको अध्यक्षमा पुनःसितादेवि सुवेदी | Samacharpati कस्यप सहकारीको अध्यक्षमा पुनःसितादेवि सुवेदी – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • कस्यप सहकारीको अध्यक्षमा पुनःसितादेवि सुवेदी

कस्यप सहकारीको अध्यक्षमा पुनःसितादेवि सुवेदी

कस्यप सहकारीको अध्यक्षमा पुनःसितादेवि सुवेदी

पोखरा, १५ असोज । कस्यप बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनले पुनः सीतादेवि सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार पोखरामा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा लीलाधर चपाईँ, सचिवमा नगेन्द्र प्रसाद सुवेदी, कोषाध्यक्षमा महेन्द्रराज दाहाल चयन भएका छन् । सदस्यहरुमा शोभा अधिकारी, पम्फा गिरी, सरस्वती अधिकारी, रामभक्त पाठक, प्रभा सुवेदी र शान्ता तिमिल्सना चयन भएको सहकारीका व्यवस्थापक बामदेव सुवेदीले जानकारी दिएका थिए ।

संस्थाको लेखा संयोजकमा गौतम पौडेल चयन भए । सो अवसरमाअध्यक्ष सितादेवि सुवेदीले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, महेन्द्रराज दहालले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजक गौतम पौडेलले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन साधारणसभाले पारित गरेको छ । अधिशेवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद मित्र कुमारी गुरुङ सुवेदीले सहकारीहरुले छरिएर रहेको पुँजीलाई एकिकृत गरी उत्पादनमूलक कार्यमा लाग्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताईन् । सानो तिनो आयआर्जनमा लाग्ने महिलाहरुकालागि सहकारीले निकै सहज बनाएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य सन्तु सुवेदीले एक सहकारी एक शेयर सदस्यको अवधारणा छिटै लागू हुनुपर्नेमा जोड दिईन् । उनले शेयर सदस्यहरुले सहकारीको साधारणसभामा मात्र नभई अन्य समयमा पनि सहकारीका कामहरुबारे जानकार भईरहनुपर्ने बताईन् । सो अवसरमा बोल्दै एमाले कास्कीका कार्यसमिति सदस्य दामोदर बैरागीले सहकारीका सात सिद्धान्तको अक्षरस पालनागर्दै यसको मर्म बुझेर शेयर सदस्यहरु क्रियाशिल हुनुपर्नेमा जोड दिएका थिए ।

व्यवसायी एवं संस्थाका सल्लाहकार यदु अधिकारीले सहकारीले उत्पादनमूलक उद्योगहरुमा लगानी गर्नुपर्ने आवस्यकताऔल्याए । कार्यक्रममा शेयर सदस्यको तर्फबाट डा. सरोज पोखरेल, सल्लाहकार बच्चुराम तिवारी लगायतले बोलेका थिए । सो अवसरमा उत्कृष्ठ ऋणी, उत्कृष्ठ बचतकर्ता, शेयर सदस्यका छोराछोरी मध्य एस ई ई परिक्षामा उत्कृष्ठ ग्रेड ल्याउन सफल विद्यार्थीहरु, उत्कृष्ठ बालबचतकर्ता, तथा उत्कृष्ठ ज्येष्ठ नागरिक बचतकर्तालाई समेत सम्मान गरिएको थियो । नया थपिएका शेयर सदस्यहरुलाई शेयर सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो । सहकारीका अध्यक्ष सितादेवी सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लिलाधर चपाईँले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सचिव नगेन्द्र प्रसाद सुवेदीले गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार