अस्ट्रेलियाबाट आयो सञ्जीव खरेलको दशैतिहार गीत ”फूलको माला हरर” (भिडियो) | Samacharpati अस्ट्रेलियाबाट आयो सञ्जीव खरेलको दशैतिहार गीत ”फूलको माला हरर” (भिडियो) – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • अस्ट्रेलियाबाट आयो सञ्जीव खरेलको दशैतिहार गीत ”फूलको माला हरर” (भिडियो)

अस्ट्रेलियाबाट आयो सञ्जीव खरेलको दशैतिहार गीत ”फूलको माला हरर” (भिडियो)

अस्ट्रेलियाबाट आयो सञ्जीव खरेलको दशैतिहार गीत ”फूलको माला हरर” (भिडियो)

काठमान्डाैँ, १४ असाेज । नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाइ नाच्ने गाउने रमाइलो बनाउनको लागि अस्ट्रेलिया निवासी गायक सञ्जीव खरेलले दशैतिहार गीत ”फूलको माला हरर” लिएर स्रोता दर्शक माझ आएका छन। दोस्रो गीत बादलु आएको करिव ५ महिना पछी गायक खरेलको ”फूलको माला हरर” नेपाली सांगीतिक बजारमा आएको हो । ”फूलको माला हररमा डि.पी. खनालको शब्द र सञ्जीव खरेलको नै संगीत रहेको छ । गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका हुन ।

 

गीतको भिडियोमा चर्चित नायक तथा मोडेल कोशिश छेत्री ,रश्मी भट्ट ,अन्जु चौलागाई ,लगायतको जिवन्त अभिनय रहेको छ भने भिडियोमा
सुर्य लामाको छायांकन र फराज अर्पनको भिडियो सम्पादन एबम निर्देशनमा रहेको छ । भिडियोलाई सञ्जीव खरेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। बिराटनगर स्थायी घर भइ हाल अस्ट्रेलियाको सिड्नी रहेका गायक खरेलको यसअघिका बादलु र मेरो मायालाई दर्शकले अत्याधिक मन पराएका थिए।

आजको ट्रेन्डिङ समाचार