कमेडी र एक्सनले भरिएको चलचित्र ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक | Samacharpati कमेडी र एक्सनले भरिएको चलचित्र ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • कमेडी र एक्सनले भरिएको चलचित्र ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक

कमेडी र एक्सनले भरिएको चलचित्र ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक

कमेडी र एक्सनले भरिएको चलचित्र ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक

काठमान्डाै, १४ असाेज । कात्तिक १५ गते लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘बादशाह जुट’को कमेडी र एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको शिर्ष भूमिकामा नायकद्धय सुशिल श्रेष्ठ र अमिर गौतम छन् । आफूलाई बादशाह कल्पना गर्ने यी दुई पात्रको रोचक कहानीमा चलचित्र निर्माण भएको ट्रेलरबाट वुझ्न सकिन्छ ।

चलचित्रमा यी दुइका अलवा रोविन तामाङ, रोशिल खड्का, केइसा रावत, रश्मी पाण्डे, कमलमणी नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ । अभिषेक कुमारको लेखनमा तयार भएको चलचित्रलाई जोन सिंह रानाले निर्देशन गरेका हुन् । चलचित्रमा राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी छ ।

आजको ट्रेन्डिङ समाचार