दुबईमा बस दुर्घटनामा ज्यान घुमाएका ६ जना नेपालीकाे खुल्यो परिचय,शोकमा परिवार | Samacharpati दुबईमा बस दुर्घटनामा ज्यान घुमाएका ६ जना नेपालीकाे खुल्यो परिचय,शोकमा परिवार – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • दुबईमा बस दुर्घटनामा ज्यान घुमाएका ६ जना नेपालीकाे खुल्यो परिचय,शोकमा परिवार

दुबईमा बस दुर्घटनामा ज्यान घुमाएका ६ जना नेपालीकाे खुल्यो परिचय,शोकमा परिवार

दुबईमा बस दुर्घटनामा ज्यान घुमाएका ६ जना नेपालीकाे खुल्यो परिचय,शोकमा परिवार

यूएई, १४  असाेज । यूएईको दुबईमा भएको बस दुर्घटनामा परि ६ जना नेपाली ६ जना नेपाली नागरिकको ज्यान गएको छ । ज्यान जानेमा रमेश चौधरी(धनकुटा), दानबहादुर सत्याल (सर्लाही), कृष्णबहादुर पुन मगर(पाल्पा), नारायणप्रसाद पोख्रेल (नवलपरासी), दीपक विक (धरान), नयराम साउद (कैलाली) रहेका छन् । दुर्घटनामा परेर नेपाली नागरिकको ज्या-न गएको जानकारी पाएपछि आबुधाबीमा रहेको नेपाली दुतावासले दुस्ख ब्यक्त गर्दै आवश्यक प्रकृया अगाडि बढाएको जनाएको छ ।

फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा सेक्युरिटी कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो । जस्मा पाँच जना घाइते भएका थिए । घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक रहेको बताइएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार