हातेमालो नागढुँगा आमा समुहले छोटो समयमा निकै सक्रियता पुर्वक कार्य गर्याे : विन्दुकुमार | Samacharpati हातेमालो नागढुँगा आमा समुहले छोटो समयमा निकै सक्रियता पुर्वक कार्य गर्याे : विन्दुकुमार – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • हातेमालो नागढुँगा आमा समुहले छोटो समयमा निकै सक्रियता पुर्वक कार्य गर्याे : विन्दुकुमार

हातेमालो नागढुँगा आमा समुहले छोटो समयमा निकै सक्रियता पुर्वक कार्य गर्याे : विन्दुकुमार

हातेमालो नागढुँगा आमा समुहले छोटो समयमा निकै सक्रियता पुर्वक कार्य गर्याे : विन्दुकुमार

पाेखरा, १४ असाेज । हातेमालो नागढुगा आमा समुहको आयोजनामा विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य माननीय विन्दुकुमार थापाले महिलाहरुको यो कार्य अत्यन्तै प्रभावकारी रहेको बताउनुभयो । हातेमालो नागढुगा आमा समुहले छोटो समयमा निकै सक्रियता पुर्वक कार्य गरेको भन्दै प्रसंशा समेत गर्नुभयो ।

कार्यक्रममा नेपाली काग्रेसका नेता देवराज चालिसेले राजनितिक परिवर्तनमा महिलाहरुको अत्यन्तै महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । कार्यक्रममा महासमिति सदस्य ऋषि काफ्ले, प्रशिक्षण विभाग सदस्य सरश्वती गुरुङ्ग, महाधिवेशन प्रतिनिधि गुरु बराल, नेपाली काग्रेसका जिल्ला सह सचिव रंगिला आचार्य, जिल्ला सदस्य नम्रता बराल, कास्की क्षेत्र नम्वर २ (क) सभापति विजयराज आचार्य, रेडियो सफलताका प्रवन्ध निर्देशक तथा बानका केन्द्रिय महासचिव दुर्गा अधिकारी, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल, नेपालीक काग्रेस वडा नम्वर ९ का इकाई सभापति उमा ठकुरी, चरक हस्पिटलका रामचन्द्र रेग्मी, जनप्रतिनिधि पुष्पराज शर्मा, सल्लाहकार भिमनाथ बराल, नागढुङ्गा विकास समाजका अध्यक्ष डम्वरराज सुवेदी लगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष चेतमाया पौडेलको अध्यक्षमा भएको कार्यक्रममा स्वागत सावित्रि घिमिरे र संचालन मिना ढकाल गर्नुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार