सहकारीको ध्यान उत्पादनमा जानु पर्याे : सभापति कोइराला | Samacharpati सहकारीको ध्यान उत्पादनमा जानु पर्याे : सभापति कोइराला – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • सहकारीको ध्यान उत्पादनमा जानु पर्याे : सभापति कोइराला

सहकारीको ध्यान उत्पादनमा जानु पर्याे : सभापति कोइराला

सहकारीको ध्यान उत्पादनमा जानु पर्याे : सभापति कोइराला

पाेखरा, १४ असाेज । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सहकारीको माध्यमबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ । हिजाे  सोमबार पोखरा महानगरपालिका वडा नं २९मा रहेको श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारी सस्थाको १८औं बार्षिक साधारण सभामा सम्बोधन गर्दे कोइरालाले सो कुरा बताउनुभएको हो ।

उहाँले बचत तथा ऋणको मात्रै कारोबार गरेर समृद्धि नआउने भन्दै सहकारीहरुलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । कोइरालाले सहकारीको माध्यामबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनु भएको हो । आफनै खेत बारीमा उत्पादन हुने कृषि उपज पनि बारी बाट नभई पारी बाट ल्याउनु परेको भन्दै कोइरालाले उत्पादन हुने चिज किनेर भन्दा पनि उत्पादन गरेर खानु पर्ने बताउनुभयो ।

कोइरालाले गुणस्तरीय विउ मलको ब्यबस्था राज्यले गर्नु पर्ने भन्दै किसान लाई उत्पादनको आधारमा अनुदान दिन सके उत्पादनमा बृद्धि हुने बताउनुभयो । श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारीले उदारणीय कार्य गरेको बताउनुभयो । यसै विच सहकारीले आज उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सभापति कोइरालाले पशुपालन तर्फ बोधराज दवाडी,सुर्य प्रसाद अधिकारी र तरकारी तर्फ ज्योति बस्नेत, नारायण पौडेल र राधा कुमाललाई सम्मान गर्नुभएको हो । कार्यक्रम सहकारीका अध्यक्ष पदमप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आजको ट्रेन्डिङ समाचार