प्रहाल्द शाहको शब्द र शंकर थापा ‘स्माइल’ को सङ्गीतमा ‘भेट हुदाँ’ सार्वजनिक | Samacharpati प्रहाल्द शाहको शब्द र शंकर थापा ‘स्माइल’ को सङ्गीतमा ‘भेट हुदाँ’ सार्वजनिक – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • प्रहाल्द शाहको शब्द र शंकर थापा ‘स्माइल’ को सङ्गीतमा ‘भेट हुदाँ’ सार्वजनिक

प्रहाल्द शाहको शब्द र शंकर थापा ‘स्माइल’ को सङ्गीतमा ‘भेट हुदाँ’ सार्वजनिक

प्रहाल्द शाहको शब्द र शंकर थापा ‘स्माइल’ को सङ्गीतमा ‘भेट हुदाँ’ सार्वजनिक

काठमाडौँ, ३ असोज । चर्चित गायक शिव परियारको स्वर रहेको गीत ‘भेट हुदाँ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ को रुपमा लिइएको छ। उक्त गीतमा प्रहाल्द शाहको शब्द रहेको छ भने सोही गीतमा शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको छ ।

‘भेट हुदाँ’ बोलको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।

फिल्मी स्टाइलमा तयार गरिएको भिडियोमा गम्भिर विष्टएको नृत्य निर्देशन रहेको छ भने बुद्ध थापाले खिचेका हुन् । विकास ज्ञावलीले सम्पादन रहेको भिडियोलाई डश म्युजिक नेपालको अफिसियल यु ट्युबमार्फत बिहिबार साझ सार्वजनिक गरिएको हो ।

आजको ट्रेन्डिङ समाचार