एक सातामा निकालियो दुई सय ट्रक जलकुम्भी, जलकुम्भी निकाल्ने अभियान महानगरले गर्याे स्थगित | Samacharpati एक सातामा निकालियो दुई सय ट्रक जलकुम्भी, जलकुम्भी निकाल्ने अभियान महानगरले गर्याे स्थगित – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • एक सातामा निकालियो दुई सय ट्रक जलकुम्भी, जलकुम्भी निकाल्ने अभियान महानगरले गर्याे स्थगित

एक सातामा निकालियो दुई सय ट्रक जलकुम्भी, जलकुम्भी निकाल्ने अभियान महानगरले गर्याे स्थगित

एक सातामा निकालियो दुई सय ट्रक जलकुम्भी, जलकुम्भी निकाल्ने अभियान महानगरले गर्याे स्थगित

पोखरा १३ असोज । पोखराको प्रमुख पर्यटकीय गन्तब्य फेवाताल जलकुम्भी झारले ढाकिएपछि त्यसलाई हटाउन महानगरले सञ्चालन गरेको अभियान स्थगित गरिएको छ । महानगरले सञ्चालन गरेको अभियानबाट तालमा रहेको ५० प्रतिशत जलकुम्भी झार निकालिएको र नेपालीहरुको महान पर्व दशैका कारण अभियान स्थागित गरिएको महानगरले जनाएको छ ।

पोखरा महागनरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा सोमबार बसेको बैठकले अभियान स्थगित गर्ने र एक साता फेवा डुङगा व्यवसायी र जलारी समुदायलाई जलकुम्भी झार निकाल्ने जिम्मा दिने निर्णय गदै महागनरले सञ्चालन गरेको एक हप्ते अभियानमा सहयोग गर्ने सवैलाई धन्यबाद ज्ञापन गरेको छ । महागनरले सञ्चालन गरेको एक हप्तेअभियानबाट तालबाट दुई सय ट्रक जलकुम्भी झार निकालिएको पोखरा जलकुम्भी झार व्यवस्थापन समितिका संयोजक पुण्यप्रसाद पौडेलले बैठकमा जानकारी गराए ।

संयोजक पौडेलका अनुसार हप्ताको अभियानमा तालमा रहेको ५० प्रतिशत झार निकालिएको र बाँकी झार निकाल्न असोज १७ गतेसम्म डुङगा व्यवसायी र जलारी समुदायलाई दैनिक ज्याला उपलब्ध गराएर झार निकाल्ने जिम्मा दिने निर्णय भएको बताए । त्यस्तै बैठकले जलकुम्झी भारको दीर्घकालिन व्यवस्थापनका लागि लगत इष्टिमेट सहित तयार गरेर संघीय सरकार र गण्डकी प्रदेश सरकारलाई प्रस्ताव पेश गर्ने निर्णय समेत भएको महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गगांलाल सुवेदीले बताए । त्यस्तै बैठकले असोज १७ गतेसम्म डुङगा व्यवसायी र जलारी समुदायबाट जलकुम्भी झार फाल्ने कार्यको अनुगमन गर्ने जिम्मेवारी महानगरका सरसफाई शाखा प्रमुख कल्पना बराललाई दिने निर्णय समेत गरेको छ ।

दैनिक कति जनाले कति समय काम गरेर भन्ने बारे जानकारी राख्ने र उनीहरुलाई दैनिक ज्याला उपलब्ध गराइने निर्णय समेत बैठकले गरेको छ । बैठकले अभियानमा सहयोग गर्ने नेपाल प्रहरी, नेपाली सेना,सशस्त्र प्रहरी, जनप्रतिनिधि, नागरिक समाज, कर्मचारी, नगर प्रहरी, आमा समुह, क्लब लगायत सम्पूर्ण संघसंस्थालाई आभार सहित धन्यबाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ । बैठकमा बोल्दै महानगर प्रमुख मानबहादुर जिसीले अभियानले जलकुम्भी झार निकाल्न ठूलो भुमिका खेलेको बताउदै अव दीर्घकालिन योजना बनाएर अगाडी बढनुपर्ने बताए ।

उनले जलकुम्भीलाई माथिनै रोक्न ड्याम बनाउनुपर्ने तर्फ ध्यान केन्द्रीत भएको बताए । गण्डकी प्रदेश सरकार र महानगर मिलेर ड्याम बनाउने तर्फ लाग्दा तालमा जलकुम्भी आउने अवस्था अन्त्य हुने विश्वास प्रमुख जिसीले ब्यक्त गरे । कास्कीका प्रमुख जिल्ला अधिकारी सुरेश केसीले एक हप्ते अभियानमा सुरक्षा निकायको सहभागीता राम्रो रहेको बताउदै आवश्यक परेका बेला सहयोग गर्न तयार रहेको बताए । उनले फेवातालका बारेमा अल्पकालीन र दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिए । झार व्यवस्थापन समितिका संयोजक पुण्यप्रसाद पौडेलले दशै र तिहारपछि दीर्घकालिन योजना बनाएर अगाडी बढने बताए । दशैपछि जलकुम्भी विज्ञ सहित ल्याएर थप छलफल गरिने बताए । डुङगा व्यवसायी समितिका अध्यक्ष बृद्धिबहादुर नेपालीले असोज १७ गतेसम्म दैनिक नौ बजेदेखि साँझ चार बजेसम्म जलकुम्भी झार निकाल्ने प्रतिबद्धता जनाए । त्यस्तै ज्ञानबहादुर जलारीले जलकुम्भी झार हटाउन तयार रहेको बताउदै शुक्रबार सम्म खटिने बताए ।

भदौ अन्तिम साता आएको बाढीले बगाएर ल्याएको जलकुम्भी झारले फेवाताल पुरै ढाकेपछि कुरुप भएको थियो । ताल जलकुम्भी झारले ढाकेपछि आन्तरीक तथा बाह्य पर्यटकलाई ढुङगामा सय गर्न समस्या भएको थियो । पोखरा महानगरले फेवाताल जलकुम्भीमय भएपछि महानगरले झार व्यवस्थापन गर्न समिति नै गठन गरेर अभियान सञ्चालन गरेको थियो । जलकुम्भी झार हटाउन हरेक दिन विहान ७ देखि ९ बजेसम्म अभियान सञ्चालन गरिएको थियो ।

आजको ट्रेन्डिङ समाचार