समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई कार्यक्रमले सहयोग पुग्छ : मुख्यमन्त्री पौडेल | Samacharpati समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई कार्यक्रमले सहयोग पुग्छ : मुख्यमन्त्री पौडेल – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई कार्यक्रमले सहयोग पुग्छ : मुख्यमन्त्री पौडेल

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई कार्यक्रमले सहयोग पुग्छ : मुख्यमन्त्री पौडेल

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई कार्यक्रमले सहयोग पुग्छ : मुख्यमन्त्री पौडेल

हेटौडा, १३ असाेज । भ्रमण टोलीले आइतबार हेटौडामा समेत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा बोल्दै प्रदेश नं. तीनका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धि नेपाल, सुखी नेपालीको यात्रामा गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सवैले राष्ट्रको विकासमा योगदान दिन जरुरी रहेको बताउदै पर्यटनका माध्यामबाट गण्डकी प्रदेशले प्रगति गर्न सक्ने संभावना रहेको बताएका छन् ।

उनले गण्डकी प्रदेशले दिएको प्रदेश भ्रमणको निम्तालाई आफ्नो प्रदेशमा प्रचार प्रसार गर्न प्रदेश सरकारको सहयोग हुने बाचा समेत गरेका छन् । कार्यक्रममा पर्यटन प्रर्वद्धन कार्यक्रमका संयोजक जुद्ध गुरुङ सस्कृति, प्रकृति र साहसिक पर्यटनको नमुनाको रुपमा गण्डकी प्रदेश रहेको अथ्याउदै प्रदेशको प्राकृतिक सौन्दर्यताको फाइदा उठाउन प्रदेश नं तीनको स्थानीयलाई अनुरोध गरे । भ्रमण टोलीमा नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशले फोटो प्रर्दशनी गरिरहेको छ भने कलाकारहरुको टोलीले प्रदेशमा प्रचलित विभिन्न सास्कृतिक झाकीहरुको प्रर्दशन गरिरहेको छ ।

आजको ट्रेन्डिङ समाचार