पोखरा र विराटनगर सिधा हवाई सेवा जोड्न चाहन्छौ: मुख्यमन्त्री राई | Samacharpati पोखरा र विराटनगर सिधा हवाई सेवा जोड्न चाहन्छौ: मुख्यमन्त्री राई – Samacharpati
Samacharpati
मङ्लबार, अशोज १२, २०७८
  • होमपेज
  • पोखरा र विराटनगर सिधा हवाई सेवा जोड्न चाहन्छौ: मुख्यमन्त्री राई

पोखरा र विराटनगर सिधा हवाई सेवा जोड्न चाहन्छौ: मुख्यमन्त्री राई

पोखरा र विराटनगर सिधा हवाई सेवा जोड्न चाहन्छौ: मुख्यमन्त्री राई

विराटनगर, १३ असोज । गण्डकी प्रदेशका अन्तर प्रदेश भ्रमण टोली प्रदेश नं एक पुगेको छ । टोलीले सोमबार विराटनगर पुगेर प्रदेश मुख्यमन्त्री शेरधन राईको टोलीसंग दुई प्रदेशको पर्यटन प्रर्वद्धन र सहकार्य विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । विराटनगरका विभिन्न उद्योगी व्यावसायी सहितको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री राईले आफ्नो प्रदेशले पोखरा विराटनगर सिधा हवाई सेवा सुरुवात गर्न चाहेको बताए । दुवै प्रदेश पर्यटनको प्रचुर संभावना भएको प्रदेश भएकाले हवाई सेवाको माध्यामबाट पर्यटक अदान प्रदानमा सहयोगी हुने विश्वास व्यक्त गरे । हवाई सेवाका लागि आफ्नो प्रदेशले प्रक्रिया सुरु गरिसकेको जानकारी गराउदै गण्डकी प्रदेशको यसमा सहयोग भएमा हवाई सेवा चाडै सञ्चालनमा आउने समेत उनको भनाई थियो । सगरमाथा, पाथीभरा, हलेसी लगायतका क्षेत्र आफ्नो प्रदेशको पर्यटकीय क्षेत्रहरु भएको बताउदै यी गन्तव्यमा घुम्न आउन समेत गण्डकी प्रदेशवासीलाई उनले आग्रह गरेका छन ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री विकास लम्सालले आफुहरु पनि पोखरा विराटनगर हवाई सेवा सुरुवात होस भन्ने पक्षमा रहेको बताए । यसका लागि प्रक्रिया चाडै अगाडि बढ्ने बताउदै यसबाट पर्यटन आगमनमा थप सहज हुने विश्वास व्यक्त गरे । उनले आन्तरिक पर्यटकको स्वागतका लागि गण्डकी प्रदेशका् गतव्यहरु तयार रहेको सन्देश दिनका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताउदै सवैलाई प्रदेशमा भ्रमणमा आउन आग्रह गरे । कार्यक्रममा बोल्दे विराटनगरका व्यावसायीहरुले समेत पोखरा विराटनगर सिधा हवाई सेवाले पर्यटनमा सकरात्मक प्रभाव पार्ने बताएका थिए ।

 

आजको ट्रेन्डिङ समाचार