रोल्पामा बस खोलामा खस्दा गर्याे २ जनाको ज्यान | Samacharpati रोल्पामा बस खोलामा खस्दा गर्याे २ जनाको ज्यान – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • रोल्पामा बस खोलामा खस्दा गर्याे २ जनाको ज्यान

रोल्पामा बस खोलामा खस्दा गर्याे २ जनाको ज्यान

रोल्पामा बस खोलामा खस्दा गर्याे २ जनाको ज्यान

रोल्पा, १३ असाेज  ।  रोल्पामा बस दुर्घटना हुँदा २ जनाको ज्या-न गएको छ । ज्यान जानेमा लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएम रहेका छन् । उनीहरु दुबै जनाको घटना स्थलमै मृ-त्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा ब्याक गर्दा आर्शीवाद यातायात प्रा.लि.को ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो ।

रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा रहेको बस यात्रु लिन जाने क्रममा ब्याक गर्दा खोलामा खसेको बताइएको । यद्यपि बसमा दुई जना बाहेक अन्य यात्रु नभएको प्रहरीले जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार