१३ औं दक्षिण एशियाली खेलकुदका लागि ब्याडमिन्टन खेलाडी छनोट सुरु | Samacharpati १३ औं दक्षिण एशियाली खेलकुदका लागि ब्याडमिन्टन खेलाडी छनोट सुरु – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • १३ औं दक्षिण एशियाली खेलकुदका लागि ब्याडमिन्टन खेलाडी छनोट सुरु

१३ औं दक्षिण एशियाली खेलकुदका लागि ब्याडमिन्टन खेलाडी छनोट सुरु

१३ औं दक्षिण एशियाली खेलकुदका लागि ब्याडमिन्टन खेलाडी छनोट सुरु

काठमान्डाैँ, १३ असाेज । नेपाल ब्याडमिन्टन संघले १३ औं दक्षिण एशियाली खेलकुदका लागि सोमबारबाट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ । पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु परिषद्बाट संचालन गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए ।

सोही प्रशिक्षणरत ३४ खेलाडीहरुबाट १३ औं सागका लागि १० पुरुष र १० महिला खेलाडीहरुको छनोट गर्न लागिएको छनौट कार्यका संयोजक एवं नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए । प्रतियोगिता लिगका आधारमा खेलाईएको समेत संयोजक शाहले बताएका छन । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भईरहेको प्रतियोगिता तीन दिन सम्म संचालन हुने छ ।

आजको ट्रेन्डिङ समाचार