विस्फोटक पदार्थ पटाकासहित सिरहाबाट दुई जना पक्राउ | Samacharpati विस्फोटक पदार्थ पटाकासहित सिरहाबाट दुई जना पक्राउ – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • विस्फोटक पदार्थ पटाकासहित सिरहाबाट दुई जना पक्राउ

विस्फोटक पदार्थ पटाकासहित सिरहाबाट दुई जना पक्राउ

विस्फोटक पदार्थ पटाकासहित सिरहाबाट दुई जना पक्राउ

लहान, १३ असोज अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विस्फोटक पदार्थ पटाकासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले ३५० प्याकेट पटाकासहित सिरहाको सुखिपुर नगरपालिका ९ निवासी २६ वर्षीय सुभाष यादव र सोही ठाउँका २७ वर्षीय सविर खानलाई पक्राउ गरेको हो ।भारतीय बजार लदनियाबाट स ६ प ६४७४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई रोकेर चेकजाँच गर्दा ३५० प्याकेट नागीन पटाका बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार