कमला गैरेको अत्यन्तै उत्कृष्ट गित “सुन्तला ”सार्वजनिक | Samacharpati कमला गैरेको अत्यन्तै उत्कृष्ट गित “सुन्तला ”सार्वजनिक – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • कमला गैरेको अत्यन्तै उत्कृष्ट गित “सुन्तला ”सार्वजनिक

कमला गैरेको अत्यन्तै उत्कृष्ट गित “सुन्तला ”सार्वजनिक

कमला गैरेको अत्यन्तै उत्कृष्ट गित “सुन्तला ”सार्वजनिक

पोखरा, १३ असाेज । पछिल्लो समयमा नेपाली लोक सांगीतिक क्षेत्रमा एक पछि अर्को गर्दै उत्कृष्ट गीतहरु बजारमा ल्याउने निकै प्रतिश्पर्दा बढिरहेको छ । यसै बीच चर्चित गायिका कमला गैरेको अत्यन्तै उत्कृष्ट गित “सुन्तला ” बजारमा आएको छ ।

बिशेसगरी एतिबेला दशैंका गीतहरु बजारमा आइरहेको बेला दशैंको माहोल झनै तताउने गरी बहुप्रतिक्षित गित “सुन्तला ” सार्बजनिक भएको छ ।चर्चित गायक तथा सर्जक तेजश रेग्मीको लय तथा शब्दमा सृजना गरिएको उक्त गीतमा कमला गैरे र तेजश रेग्मीको सुमधुर स्वर रहेको छ भने गीतलाई आशिष अविरलले एरेन्ज साथै एच.बि.एन.किस्मतले मिक्सिङ्ग गरेका छन ।

मौसम हिमालीको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा चर्चित गायक तथा मोडल रामजी खाँड , रबिना मिजार र बिन्दु सुन्धौलीको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई करन चैसीरले छायांकन साथै प्रबिन भट्टले सम्पादन गरेका छन । कामना डिजिटल बाट बजारमा आएको उक्त गीतको दृष्य निर्माण बि.पी. फिल्मस नेपालले गरेको छ भने गीतलाई कामना डिजिटलले नै बजार व्यवस्थापन गरेको छ ।भिडियो हेर्नुहोस :

आजको ट्रेन्डिङ समाचार