सकरात्मक सोच अनि धार्मिक पर्यटक वृद्धिकाे उदेश्यकालागि माता तालवाराही आरती | Samacharpati सकरात्मक सोच अनि धार्मिक पर्यटक वृद्धिकाे उदेश्यकालागि माता तालवाराही आरती – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • सकरात्मक सोच अनि धार्मिक पर्यटक वृद्धिकाे उदेश्यकालागि माता तालवाराही आरती

सकरात्मक सोच अनि धार्मिक पर्यटक वृद्धिकाे उदेश्यकालागि माता तालवाराही आरती

सकरात्मक सोच अनि धार्मिक पर्यटक वृद्धिकाे उदेश्यकालागि  माता तालवाराही आरती

पाेखरा, १३ असाेज ।पर्यटकीय राजधानी तथा सात तालको बगैचा एवंम् श्वेत हिमश्रृखलाको काखमा रहेको सुन्दर नगरी पोखरा तेसमाथी पनि आन्तरीक तथा वाह्य पर्यटकको प्रचुर सम्भावना रहेको स्थान फेवातालको किनारमा धार्मिक तथा संस्कृतिक प्रवद्धनमा टेवा पुग्ने तथा माता तालवाराही देवीको गरिमालाई उच्च राख्ने उदेश्यका साथ दैनिक सन्ध्याकालिन संगीतमय महाआरती पुजन कार्य आज भन्दा १ बर्ष पहीला २०७५ असोज २४ गते घटस्थापनको दिन बाट शुरु भएको थियो ।

माता तालवाराही सन्ध्याकालिन आरती शुरु गरेको आज १ बर्ष पुरा भएको छ । सोहीअवसरमा विहान करीव २०० जनाको संख्यामा भजन कृतन बाजागाजाका साथ पोखराका विभिन्न क्षेत्रमा बाटोभरी पर्चा फाल्दै मोटरसाईकल रेली गरीएको थियो भने वेलुका फेवा किनारमा विभिन्न कार्यक्रमका साथै वार्षिक उत्सव मनाईएको थियो । उक्त कार्यक्रमलाई गण्डकी प्रदेश सभा सदस्य माननिय राजीव पहारीले उद्घाटन गर्नु भएको थियो । विश्व प्रसिद्ध महाआरती संचालन गर्दा धार्मिक पर्यटक वृद्धि हुनुका साथै पोखरामा पर्यटकको बसाई लम्बाउने र बेलुकाको समयमा फेवाताल गंगा सागरको किनारमा त्यो ठूलो महाआरती संचालन गर्दा मानिसहरुमा सकरात्मक सन्देश प्रवाह भई विकृति विसंगतीको अन्त्य भई सकरात्मक सोचको भावनामा वृद्धि हुने मानिस गलत कुलतमा लाग्न छोडेर सत्कर्ममा लाग्ने प्रेरणा प्रदान गर्दछ ।

पोखराको फेवाताल दृश्यावलोकन र डुंगा सयरको लागि मात्र होइन, आध्यात्मिक शान्ति र सन्तुष्टिको पनि गन्तव्य बनेको छ । फेवातालको बीचमा रहेको तालवाराही मन्दिरमा सन्ध्याकालीन आरतीपूजा सुरु गरिएपछि आध्यात्मिक पर्यटक र श्रद्धालु भक्तजनहरुको भीड बढ्न थालेको हो । ‘पानीको बीचमा भएको मन्दिरको आफ्नै विशेषता छ । घरव्यवहारबाट फुर्सद मिल्नेबित्तिकै फेवाताल घुम्न आउने पोखरा ४ बस्ने शान्ति अधिकारी भन्छीन त्यहाँ गएर पूजारआराधना गरेपछि आध्यात्मिक शान्ति प्राप्त हुन्छ फेवातालमा एकैपल्ट जल र थल दुवैबाट मनले आनन्द प्राप्त गर्न सकिन्छ  ।

दिउँसो मात्र पर्यटकहरुको चहलपहल बढ्ने फेवातालमा सन्ध्याकालीन आरतीपूजाले साँझ पनि पर्यटकहरुको भीड लाग्ने गरेको छ । नेपालमा बढ्दो आन्तरिक पर्यटकको रहर र लहरले पर्यटन उद्योगको विकासमा सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ  ।
आरती गराउन देश तथा विदेशबाट समेत भक्तजन आउने गरेका छन् । परिवारका सदस्यको जन्मदिनमा वा मृतात्माको चिर शान्तिको कामना गर्न आरती गर्नेको संख्या बढिरहेको छ । हिन्दू धर्मावलम्बीलाई तान्ने आकर्षणहरूमध्ये एक हो, साँझमा फेवातालको किनारमा गरिने साङ्गीतिक आरती । नेपाल भ्रमणका लागि आएका अन्य विदेशी पर्यटक पनि आरतीमा रम्ने गरेको देखिन्छ । भक्ति सङ्गीतमा झुम्दै नाच्ने भक्तजनहरूले माहोललाई अझ रमाइलो बनाएका हुन्छन् ।

आजको ट्रेन्डिङ समाचार