मिमराङ इन्टरनेसनलको औपचारिक सुरुआत | Samacharpati मिमराङ इन्टरनेसनलको औपचारिक सुरुआत – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • मिमराङ इन्टरनेसनलको औपचारिक सुरुआत

मिमराङ इन्टरनेसनलको औपचारिक सुरुआत

मिमराङ इन्टरनेसनलको औपचारिक सुरुआत

पोखरा, १३ असोज । आइतबारबाट पोखराको रानीपौवामा मिमराङ इन्टरनेसनल कम्पनीको औपचारिक सुरुआत भएको छ ।
कम्पनीले विषेश गरेर विज्ञापनमार्फत व्यवसायका प्रर्वद्धन गर्ने उद्देश्य लिएको कम्पनीका सञ्चालक तिलक थापामगरले जानकारी दिएका छन् । यी बाहेक कम्पनीले फोटोग्राफी, वेवसाइट निर्माण, इभेन्ट म्यानेज्मेन्ट, लोगो तथा अन्य कार्यका डिजाइन लगाएतका कार्य समेत गर्ने उनको भनाई छ । ‘हामीले कम्पनी मार्फत व्यवसायलाई प्रर्वद्धन गर्ने लक्ष्य लिएका छौं ।’ सञ्चालक थापाले भने ।

यस्तै अर्का सञ्चालक पवन थापामगरले आफूहरुको कम्पनीले व्यवसायीको व्यवसाय प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । वेवसाइट निर्माणदेखि धेरै कामहरु एजेन्सीले काम गर्ने उनको भनाई थियो । कार्यक्रममा पत्रकार, व्यवसायी, तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार