गोरखामा शव फेला, बागलुङ सवारी दुर्घटनामा २ जना घाइते | Samacharpati गोरखामा शव फेला, बागलुङ सवारी दुर्घटनामा २ जना घाइते – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • गोरखामा शव फेला, बागलुङ सवारी दुर्घटनामा २ जना घाइते

गोरखामा शव फेला, बागलुङ सवारी दुर्घटनामा २ जना घाइते

गोरखामा शव फेला, बागलुङ सवारी दुर्घटनामा २ जना घाइते

गोरखा, ११ असोज । सिरानचोक गाँउपालिका-६ महटार बस्ने वर्ष ९४ को मोहनि लाल श्रेष्ठ आफ्नो घर देखी अन्दाजी ३०० मिटर टाढा बारीको पाटाबाट अंन्दाजी ५० मिटर तल भीरमा खस्न गई मृत अवस्थामा फेला परेको छन उक्त खबर प्रहरीलाई प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटी ई घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ।

निसीखोला गाउपालिका-६ जाउलेपानी स्थित मध्यपहाडी लोकमार्गमा सोही लोकमार्ग बनाउने काममा प्रयोग भईरहेको गणपती कन्ट्रक्सन प्रा.लि.को भे १ त ३१६५ नं.को ट्याक्टरको ब्रेकफेल भई सडकबाट अंन्दाजी १५ मिटर तल खस्न जाँदा ट्याक्टरमा सवार जिल्ला बर्दिया घर बताउने वर्ष २२ को सुरज गिरी र जिल्ला बागलुङ निसीखोला गाँउपालिका-६ बस्ने वर्ष २१ को थन बहादुर बिक घाईते भएका छन  घाईतेलाई उपचारको लागी पाल्पा स्थित मिसन अस्पताल पठाएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटि थप अनुसन्धान भईरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार