ठेलाबाट सुरु गरेर पोखरामा खुल्यो २ करोड ५० लाखको ड्याडीज किचन | Samacharpati ठेलाबाट सुरु गरेर पोखरामा खुल्यो २ करोड ५० लाखको ड्याडीज किचन – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • ठेलाबाट सुरु गरेर पोखरामा खुल्यो २ करोड ५० लाखको ड्याडीज किचन

ठेलाबाट सुरु गरेर पोखरामा खुल्यो २ करोड ५० लाखको ड्याडीज किचन

ठेलाबाट सुरु गरेर पोखरामा खुल्यो २ करोड ५० लाखको ड्याडीज किचन

पोखरा, १० असोज । पोखरामा दिनदिनै नयाँ रेष्टुरेण्ट खुलिरहेका छन । जति खुलिरहेका छन नचलेर बन्द हुने स्थितीमा पुगेका पनि उत्तिकै छन । यहि जोखिमका बावजुत पोखराको विरौटा स्थित हिमाली टोलमा हालै नयाँ रेस्टुरेण्ट ‘ड्याडीज किचन’ सञ्चालनमा आएको छ । पोखराकै विरौटामा फुड ट्रक सञ्चालनमा ल्याएर ब्यवसाय चलाउँदै आएकाहरुले नै करिब २ करोड ५० लाख रुपैयाँ लगानी गरेर ड्याडीज किचन सञ्चालनमा ल्याएका हुन । बुटवलबाट २०७० सालमा ठेलाबाट सुरु गरेको ब्यवसायले अहिले पर्यटकीय शहर पोखरामा फुड ट्रक हुँदै ठुलो रेष्टुरेण्टको रुप लिएको हो । २०७३ असार १२ गते पोखराको विरौटा स्थित राममन्दीर जाने बाटोमा ड्याडीज किचनले पोखरामै पहिलो पटक फुड ट्रक सञ्चालनमा ल्याएको हो । जहाँबाट अहिले पनि मानिसहरुले सेवा पाइरहेका छन ।

त्यस्तै २०७५ सालमा पोखराकै चिप्लेढुङ्गाको निभा गल्लीमा फुट ट्रक शाखाको रुपमा स्थापना भयो । ड्याडीज किचन सञ्चालक समुहले पोखरा शहर भित्र मात्रै करिब ३ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । पोखरा, बुटवल, काठमाडौँ र रुपन्देहीको रामापुरमा पनि यसको शाखा छ । नयाँ खुलेको ड्याडीज किचनमा आकर्षणको रुपमा काठको ठुलो गीटार छ । गीतार २८ दशमलब ५ फिट लम्बाई र १० फिट चौडाईको छ । जुन अहिलेसम्मकै विश्वकै ठुलो काठको गितार भएको अनुमान गरिएको छ । यो बाहेक नयाँ परिकारको स्वाद भने ड्याडीज किचनले चखाइनै रहन्छ । त्यस्तै पोखरामा नै सबै भन्दा ठुलो क्यानभासमा नेपाल एकिकरणका सुत्राधार पृथ्वीनारायण शाहको तस्बिर पनि यहाँ देख्न सकिन्छ । यहाँ फेवतालमा २५ वर्ष खियाइएको पुरानो डुंगालाई सजाएर राखिएको छ ।

जुन डुंगा पुरानो भएर चलाउन नमिल्ने भएपछि थन्क्याइएको थियो । ड्याडीज किचनले त्यसलाई किनेर मर्मत गरी आफ्नो रेस्टुरेण्टको मुख्य आर्कषकको सामान समेत बनाएको छ । यहाँ भएको अर्काे आकर्षकको बस्तु हो लडियाको पाङ्ग्रा । कपिलबस्तुको बाणगंगा नगरपालिका ७ बाट लडियाको पाङ्ग्रा (करिब ६० वर्ष पुरानो) ड्याडीज किचनको अर्काे आकर्षकको सामान हो । रेस्टुरेण्टको माथिल्लो तलाको हुक्का बारलाई पियानोको आकार दिइएको छ । त्यस्तै अगाडीको रिसेप्शन, बार, बेकरी, बारिस्ता पनि गीटारकै आकारमा निर्माण गरिएको छ । एकै पटकमा करिब तीनसय मानिसले ड्याडीज किचनमा सेवा पाउने बन्दोबस्त मिलाइएको छ ।

आजको ट्रेन्डिङ समाचार