मदरल्यान्डमा उन्नाइसौँ वार्षिक खेलकुद कार्यक्रमको आयोजना | Samacharpati मदरल्यान्डमा उन्नाइसौँ वार्षिक खेलकुद कार्यक्रमको आयोजना – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • मदरल्यान्डमा उन्नाइसौँ वार्षिक खेलकुद कार्यक्रमको आयोजना

मदरल्यान्डमा उन्नाइसौँ वार्षिक खेलकुद कार्यक्रमको आयोजना

मदरल्यान्डमा उन्नाइसौँ वार्षिक खेलकुद कार्यक्रमको आयोजना

तीन दिनसम्म चल्ने यस कार्यक्रममा कक्षा १० सम्मका खेलहरु सम्पन्न

पोखरा, १० असोज । विद्यार्थीहरूमा पढाइका अतिरिक्त मनोरञ्जन तथा खेलकुदलाई पनि मध्यनजर गरी मदरल्यान्ड मा. वि. मासवार पोखराले हरेक वर्ष आयोजना गर्दै आएको वार्षिक खेलकुद कार्यक्रम अन्र्तगत यस वर्षको उन्नाइसौँ वार्षिक खेलकुद कार्यक्रम एक समारोहबीच विद्यालय प्रङ्गणमा आयोजना गरिएको छ । एक महिना अघिदेखि विभिन्न चरणमा सञ्चालन तथा छनौट गरिँदै आएको यस कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा चारसम्म स्पून रेस, मिठाई दौड, म्युजिकल चियर आदिजस्ता खेलहरू कक्षागत रूपमा आयोजना गरिएका छन् भने कक्षा पाँचदेखि कक्षा दशसम्म जुनियर र सिनियर गरी दुई तहमा बास्केटबल, भलिबल, टेबलटेनिस, बुद्धिचाल, विभिन्न दौड, रिले र एथ्लेटिक्स, टग अफ वार आदि जस्ता खेलहरूको आयोजना गरिएको छ । त्यस्तै कक्षा ११ र १२ तर्फ वास्केटबल, भलिबल, टेबलटेनिस, व्याडमिन्टन जस्ता खेलहरु रहेका छन् । कक्षा नर्सरीदेखि कक्षा चारसम्म सम्पूर्ण खेलहरू खुल्ला प्रतिस्पर्धाको आधारमा सञ्चालन गरिएको विद्यालय स्रोतले जानकारी दिएको छ । विद्यालयका प्राचार्य नारायण बरालले बास्केटबल खेलकुद विभागीय प्रमुख गङ्गा गुरुङलाई हस्तान्तरण गरी बुधबार उद्घाटन गरिएको कार्यक्रममा उद्घाटन सत्रमा विद्यार्थीहरूले अन्तरसदनात्मक रूपमा मार्च पास प्रस्तुत गरेका थिए ।

खेल, सहकार्यकलाप र पढाइलाई मनोरञ्जनपूर्ण तरिकाले एकैसाथ अगाडि बढाउनका लागि विद्यालयभित्र गठित हरियो, पहेँलो, रातो र निलो गरी चार सदनबीच अन्तरसदनात्मक रूपमा खेलहरुको आयोजना गरिएको उक्त खेलकुद कार्यक्रम अन्तर्गतका विभिन्न प्रतियोगितात्मक खेल र तिनीहरूको नतिजाअनुसार यस वर्षको कक्षा १० सम्मको मूल्याङ्कनअनुसार बेस्ट हाउसको उपाधि रातो सदनले हात पारेको र हरियो सदन च्याम्पियन बन्न सफल भएको कुरा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिनुभएको थियो । तीन दिनसम्म चल्ने यस कार्यक्रममा दोस्रो दिन कक्षा १० सम्मका सम्र्मूण खेलहरु सम्पन्न गरिएका छन् । यस अवसरमा भलिबल तर्फको उत्कृष्ट खेलाडीको उपाधि छात्र विजयसागर आचार्य, छात्रा सोफिया गर्बुजा पुन र छात्रा विनीता थापाले प्राप्त गरेका छन् भने बास्केटबलमा सिनियर र जुनियरतर्फ उत्कृष्ट खेलाडीको उपाधि सन्दीप रावत, निस्मा लामिछाने, एल्बिना थापा र पुष्पराज भट्टराईले जितेका छन् । विजयी विद्यार्थी, सदन तथा सदन शिक्षकलाई विद्यालयका प्राचार्य नारायण बराल, एकेडेमिक डीन पे्रमनारायण पोख्रेल, छात्रावास प्रमुख विष्णुप्रसाद बराल लागायतका व्यक्तित्वहरुले मेडल तथा प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।

विद्यालयका खेलकुुद विभागीय प्रमुख गङ्गा गुरुङको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा विद्यालयका प्राचार्य नारायण बरालले खेलकुदका माध्यमबाट विद्यार्थीहरुमा साथित्व, भ्रातृत्व, सामूहिकताको भावना र आत्मविश्वास अभिवृद्धि गर्ने अनि उनीहरुमा अझै बढी अनुशासित, सभ्य र प्रतिस्पर्धी बनाएको कुरा उल्लेख गर्दै कक्षा १० सम्मका खेलहरु सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन आधारभूत तह कक्षा चारदेखि आठसम्मका इन्चार्ज अजय कुँवर र विद्यालयका सहकार्यकलाप प्र्रमुख सुनिल सुवालले संयुक्त रूपमा गर्नुभएको थियो । त्रिदिवसीय रुपमा आयोजना गरिएको उक्त कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ का खेलहरु शुक्रबार सञ्चालन गरिने कुरा खेलकुद शिक्षक रामबहादुर विकले जानकारी दिनुभएको छ ।

आजको ट्रेन्डिङ समाचार