पोखरामा (यान्त्रिक बौद्धिकता) आर्टिफिसियल इन्टेलिजेन्ट्स सम्बन्धि दोश्रो नेपाल विन्टर स्कुल हुने | Samacharpati पोखरामा (यान्त्रिक बौद्धिकता) आर्टिफिसियल इन्टेलिजेन्ट्स सम्बन्धि दोश्रो नेपाल विन्टर स्कुल हुने – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • पोखरामा (यान्त्रिक बौद्धिकता) आर्टिफिसियल इन्टेलिजेन्ट्स सम्बन्धि दोश्रो नेपाल विन्टर स्कुल हुने

पोखरामा (यान्त्रिक बौद्धिकता) आर्टिफिसियल इन्टेलिजेन्ट्स सम्बन्धि दोश्रो नेपाल विन्टर स्कुल हुने

पोखरामा (यान्त्रिक बौद्धिकता) आर्टिफिसियल इन्टेलिजेन्ट्स सम्बन्धि दोश्रो नेपाल विन्टर स्कुल हुने

पोखरा, १० असोज । अनुसन्धानात्मक मुलक शैक्षिक पद्धतिको विकास गर्ने उद्येश्यले पोखरामा (यान्त्रिक बौद्धिकता) आर्टिफिसियल इन्टेलिजेन्ट्स सम्बन्धि दोश्रो नेपाल विन्टर स्कुल हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सो कार्यक्रमलाई गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एण्ड साइन्स (जि सि इ एस) र नेपाल एप्लाइड म्याथ्म्याटिक्स एंड इन्फ़ोर्मटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) ले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । गत वर्ष काठमाण्डौमा आयोजना गरेको सो कार्यक्रमलाई यस वर्ष पर्यटकिय एवं शैक्षिक नगरि पोखरामा ल्याउन थालिएको कलेजका प्रिन्सिपल विरेन्द्र खड्काले जानकारी दिए ।

आगामी मंसिर २४ देखि पुष ४ गते सम्म गण्डकी बोर्डिङ्ग स्कुल ÷(जि सि इ एस) लामाचौरमा हुने सो कार्यशालामा नेपाल, भारत, अमेरिका, बेलायत, नर्वे, फिलिपिन्स, इण्डोनेशिया, डेनमार्क लगायत दक्षिण एशियाका बैज्ञानिक एवं विद्यार्थीहरुको सहभागिता रहने आयोजकले अपेक्षा लिएको कार्यक्रमका संयोजक महेश शाक्यले जानकारी दिए । कार्यशालामा सामाजिक सञ्जाल ट्वीटरका एक प्रमुख अनुसन्धानकर्ता प्रोफेसर डा.माइकल ब्रोन्सट्य, न्यूरोसाइन्सका ख्याति प्राप्त डा.कार्ल फिष्टन लगायत २० जना भन्द बढि बरिष्ठ अनुसन्धानकर्ताहरुको सहभागिता रहने छ भने २ सय बढि विद्यार्थीहरुले कार्यशालामा भाग लिने छन् । कार्यशाला सैदान्तिक र प्रयोगात्मक हुने भएकाले पनि पोखरामा हुने सो कार्यशालाले न्यूरो साइन्स लगायतका अन्य विषयमा थप अनुसन्धानका लागि मद्धत पु¥याउने अपेक्षा गरिएको छ ।

गण्डकी प्रदेश सरकारले आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धनको कार्यक्रम अगाडी सारिरहेको बेला गण्डकी बोर्डिङ्ग स्कुलले आयोजना गर्ने शैक्षिक पाठशालाले पोखराको पर्यटनलाई थप टेवा दिने बताइएको छ । कलेजद्वारा शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलमा बोल्दै भाइस प्रिन्सिपल अशोक पराजुलीले कलेजले गरेका अनुसन्धान तथा विकास कार्यलाई जनस्तरमा पुर्याउनका लागि अन्र्तराष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा एआइबारे आधारभूत ज्ञानका साथै अत्याधुनिक प्रविधि सम्बन्धि तालिम दिइ नेपालमा सो सम्बन्धमा अनुसन्धानको वातावरण विकास गर्न र शैक्षिक जनशक्ति उत्पादन गर्न कार्यशाला सहयोगी हुने बताए । उनले नविनतम अनुसन्धान तथा प्रयोगका बारेमा विद्यार्थी एवं अनुसन्धानकर्ता, उद्यमी, समक्ष सो ज्ञान पुर्याइने कलेजको दावी समेत रहेको छ । कलेजले सो कार्यक्रमका लागि अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नुका साथै सामाजिक सञ्जाल प्रयोगमा ल्याएको जानकारी दिएको छ ।

आजको ट्रेन्डिङ समाचार