पब डान्सिङ बोटको प्रथम बार्षिकोत्सब बिशेष | Samacharpati पब डान्सिङ बोटको प्रथम बार्षिकोत्सब बिशेष – Samacharpati
Samacharpati
मङ्लबार, अशोज १२, २०७८
  • होमपेज
  • पब डान्सिङ बोटको प्रथम बार्षिकोत्सब बिशेष

पब डान्सिङ बोटको प्रथम बार्षिकोत्सब बिशेष

पब डान्सिङ बोटको प्रथम बार्षिकोत्सब बिशेष

गणेश पहारी , पोखरा १० असोज । पोखराको पर्यटकीय क्षेत्र लेक साइडको हल्लनचोकमा अवस्थित “पब डान्सिङ बोट” पहिलो बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको छ । पब डान्सिङले दोस्रो बर्षमा प्रवेश गरेको उपलक्षयमा विभिन्न सामाजिक कार्य गर्दै आफ्नो बार्षिक उत्सव मनाउने भएको छ । समाज र यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने उदेश्य सहित बिभिन्न बार्षिकोत्सब बिशेष कार्यक्रम गर्ने भएको हो । पोखरा र यस क्षेत्रमा घुम्न आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई लक्षित गरि विभिन्न खानाका परिकार एबं पेय पदार्थहरुको उत्कृस्ट स्वादको साथमा दैनिक लाइभ म्युजिक संगै पारिवारिक बाताबरणमा उत्कृष्ट ग्राहक सेवा दिने उदेश्यले स्थापना भएको पब डान्सिङले आफ्नो उदेश्य अनुरुप नै आफ्ना स्वदेशी सहित विदेशीलाई सेवा प्रदान गरिरहेको छ ।

डान्सिङ बोटले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यहि आश्विन १० गते पहिलो दिन पोखरा १७ महतगौंडा स्थित पोखरा बृद्दाश्रमका करिब ५५ जना जेष्ठ नागरिकहरु र सिद्दार्थ चोकस्थित शिशु स्याहार केन्द्रका करिब ५० जना सुस्त मनस्थितिका बालबालिकाहरुलाई पबको संस्कृति र पब भित्रको वातावरणको अनुभूति दिलाउने उदेश्यले मध्यान्ह १२ः३० देखि पब परिसर भित्रै खाना, नास्ता, जुस र कोल्ड ड्रिंङक्स को व्यवस्था सहित हाउस ब्याण्डको सांगीतिक प्रस्तुति सहित मनोरन्जनात्मक कार्यक्रमहरु गर्ने डान्सिङ बोटका प्रबन्ध निर्देशक भिष्मराज पौडेलले जानकारी दिएका छन ।

संगितसंगै पारिवारिक बाताबरणमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अवधारणा अनुरुप संचालनमा आएको पवमा बेदप्रसाद बराल, बिश्वराज पौडेल, भिष्मराज पौडेल पौडेल, मिनराज पौडेल र दामोदर पौडेलको साझेदारी लगानीमा सञ्चालित छ । डान्सिङ बोटले दोस्रो बर्षमा प्रवेशको उपलक्ष्यमा पबमा आउनुहुने ग्राहकहरुलाई सेप्टेम्बर महिनाको अन्त्यसम्म मेनुमा १५ प्रतिशत को बार्षिकोत्सब बिशेष छुट,कम्प्लिमेन्ट्री गिफ्ट भौचर तथा लक्की ड्र का कार्यक्रम पनि संचालन भइरहने कर्पोरेट मेनेजर लेखनाथ पहारीले जानकारी गराएका छन ।
बार्षिकोत्सलाई मध्यनजर गर्दै पब डान्सिङ बोटले नेपाल आइडल सिजन दुइका उपविजेता पोखरेली गायक बिक्रम बराल र उनको ब्याण्ड को सांगीतिक प्रस्तुति असोज १० गते शुक्रबार रहनेछ भने नेपाली संगीत क्षेत्रका लेजेण्डरी तथा युवा पुस्ता माझ लोकप्रिय गायक संजय श्रेष्ठ र उहाँको ब्याण्डको बिशेष सांगीतिक प्रस्तुति शनिबार रहने प्रबन्ध निर्देशक भिष्मराज पौडेलले बताएका छन ।

आजको ट्रेन्डिङ समाचार