ठूलो ‘फ्यान’ रहेकी एसिड आक्रमण पीडित मुस्कान खातुनलाई भेटन गायक राजु लामा पुगे अस्पताल | Samacharpati ठूलो ‘फ्यान’ रहेकी एसिड आक्रमण पीडित मुस्कान खातुनलाई भेटन गायक राजु लामा पुगे अस्पताल – Samacharpati
Samacharpati
मङ्लबार, अशोज १२, २०७८
  • होमपेज
  • ठूलो ‘फ्यान’ रहेकी एसिड आक्रमण पीडित मुस्कान खातुनलाई भेटन गायक राजु लामा पुगे अस्पताल

ठूलो ‘फ्यान’ रहेकी एसिड आक्रमण पीडित मुस्कान खातुनलाई भेटन गायक राजु लामा पुगे अस्पताल

ठूलो ‘फ्यान’ रहेकी एसिड आक्रमण पीडित मुस्कान खातुनलाई भेटन  गायक राजु लामा पुगे अस्पताल

काठमाडौं, ९ असोज । द भ्वाइस अफ नेपालको कोच तथा चर्चित गायक राजु लामाले एसिड आक्रमणमा परी पीडित बनेकी मुस्कान खातुनलाई भेट गरेका छन् । मुस्कान आफ्नो निकै ठूलो ‘फ्यान’भएको थाहापाएसँगै गायक राजु लामा अस्पताल नै पुगेर उनलाई भेट गरेका हुन् ।

लामाले मुस्कानलाई अस्पतालको सैयामै भेटेर मुस्कान ल्याउने कोशिष गरे यति मा नभइ उनले मुस्कानको अगाडि ‘तिमीलाई देखेर हिमाल हाँसेको’ बोलको गीत गाएर सुनाएका थिए ।

लामालाई भेटेपछि मुस्कान अत्यन्तै खुशी भएकी थिइन् । एसिड आक्रमण पीडित बनेकी खातुनको किर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । वीरगन्जकी १४ वर्षीया मुस्कानलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले एसिड प्रहार गरेका थिए। त्यस्तै बलिउड नायिका कृति सेननले पनि मुस्कानसँग भिडियो कल गरेर कुरा गरेकी थिइन् ।

आजको ट्रेन्डिङ समाचार