डकैत गरिरहेका डाँकामाथि चलायो प्रहरीले गोली,गोली लागेर १ जना घाइते | Samacharpati डकैत गरिरहेका डाँकामाथि चलायो प्रहरीले गोली,गोली लागेर १ जना घाइते – Samacharpati
Samacharpati
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • डकैत गरिरहेका डाँकामाथि चलायो प्रहरीले गोली,गोली लागेर १ जना घाइते

डकैत गरिरहेका डाँकामाथि चलायो प्रहरीले गोली,गोली लागेर १ जना घाइते

डकैत गरिरहेका डाँकामाथि चलायो प्रहरीले गोली,गोली लागेर १ जना घाइते

काठमाडौँ, ९ असोज ।  बिहिबार बिहान प्रहरीले गोली चलाएर जनकपुरबाट दुई नेपाली र दुई भारतीय डाँकालाई नियन्त्रणमा लिएको छ । आज बिहान डकैत गरिरहेका डाँकामाथि गोली चलाउँदा प्रहरीको गोली लागेर १ जना घाइते समेत भएको प्रहरीले जनाएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार जनकपुरको जानकी फर्निसिङमा बिहान ४ बजे डकैती गरिरहेका डाँकालाई पक्राउ गर्न खोजेको र भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताइएको छ । प्रहरीले ३ राउण्ड गोली चलाएपछि घाइते भएर लडेका डाँकाको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको छ।

त्यस्तै प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट ५९२ ट्याबलेट बरामद भएको र दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

आजको ट्रेन्डिङ समाचार