चीनमा बन्यो विश्वको सबैभन्दा ठूलो विमानस्थल | Samacharpati चीनमा बन्यो विश्वको सबैभन्दा ठूलो विमानस्थल – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • चीनमा बन्यो विश्वको सबैभन्दा ठूलो विमानस्थल

चीनमा बन्यो विश्वको सबैभन्दा ठूलो विमानस्थल

चीनमा बन्यो विश्वको सबैभन्दा ठूलो विमानस्थल

काठमाडौं, ९ असोज   चीनको राजधानी बेइजिङदेखि दक्षिणमा विश्वको सबैभन्दा ठूलो विमानस्थल निर्माण भएको छ । जुन विमानस्थलको उद्घाटन् चिनियाँ राष्ट्रपति सी जिपिङले गरेका छन् । विमानस्थलको नाम दासिङ अन्तर्राष्ट्रिय विमानस्थल राखिएको छ ।

४५ महिना लगाएर ८० अर्ब युआन ९११/२ अर्ब अमेरिकी डलर लागतमा निर्माण गरिएको दासिङ अन्तर्राष्ट्रिय विमानस्थल भएर १० करोड यात्रुहरुको आवतजावत हुने अपेक्षा गरिएको छ ।

दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुले सुरक्षा जाँचका समयमा बोर्डिङ पास देखाउनुपर्ने छैन, सबै चेकजाँच र सुरक्षाका लागि नयाँ फेसियल रिकग्निसन सिस्टम(अनुहार हेरेर पहिचान गर्ने नयाँ प्रणाली)ले गर्नेछ । चीनको साउथर्न एयरलाइनको ए ३८०, चीनको इस्टर्न एयरलाइनको ए ३५० र एयर चाइना बोइङ ७४७–८ सहित कूलमा सातवटा ‘स्टार’ हवाईजहाहरु बुधबार दिउँसो त्यहाँ पठाइनेछ ।

आजको ट्रेन्डिङ समाचार