फुटबल खेल्दा आन्द्रा तीन ठाउँमा चुडियो, ठुलो खेलाडी बन्ने सपना देखेका सफलको असफल जिवन | Samacharpati फुटबल खेल्दा आन्द्रा तीन ठाउँमा चुडियो, ठुलो खेलाडी बन्ने सपना देखेका सफलको असफल जिवन – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • फुटबल खेल्दा आन्द्रा तीन ठाउँमा चुडियो, ठुलो खेलाडी बन्ने सपना देखेका सफलको असफल जिवन

फुटबल खेल्दा आन्द्रा तीन ठाउँमा चुडियो, ठुलो खेलाडी बन्ने सपना देखेका सफलको असफल जिवन

फुटबल खेल्दा आन्द्रा तीन ठाउँमा चुडियो, ठुलो खेलाडी बन्ने सपना देखेका सफलको असफल जिवन

पोखरा, ९ असोज । कास्कीको कास्कीकोटका १९ वर्षिय सफल कुँवर ५ वर्ष देखि फुटबल खेल्दै आएका थिए । उनलाई राम्रो फुटबल खेलाडी बन्ने सपना थियो । उनि जहाँ फुटबल खेल प्रतियोगिता आयोजना हुन्थ्यो उनि त्यहाँ खेल्न पुगिहाल्थे । गत बैशाख २१ गते पनि उनि साथीहरुसंग पोखराको जैमुरेमा फुटबल खेल्न गए ।  खेल सुरु भएको २ मिनेटमा नै उनको पोटमा रहेको बललाई क्लियर गर्ने क्रममा आफ्नै टिमको साथीले उनको पेटमा हाने । सफलले केहि थाहा पाएनन् । खेल्न नसकेपछि उनि मैदानबाट बाहिरिए । साह्रै दुख्यो भन्दा उनलाई साथीहरुले नाटक गरेको भने । खेल नसकिदा सम्म उनि घर आउन पाएनन् ।

साथीहरुले घर ल्याएर छोडेपछि पनि निरन्तर दुखाई भएपछि उनिहरु उपचारका लागि फिस्टेल अस्पताल गए । त्यहाँ गएपछि थाहा भयो उनको आद्रा ३ ठाउँमा चुडिएको रहेछ । उनको अप्रेसन भयो । आयोजक र अरु साथीहरुले राम्रो व्यवहार नगरेको सफलकी आमाले बताउनुभयो । अहिलेसम्म सफलको उपचारको लागि ९ लाख ३५ हजार बढि खर्च भईसकेको छ ।

अझै ८÷१० लाख खर्च लाग्ने जनाइएको छ । सफलकी आमाले डोकोमा फलफुल बेचेर गर्दै आएको काम पनि अहिले राम्रोसंग गर्न सकेकी छैनन् । छोरो बिरामी भएपछि उनी डोकोमा फलफुल बेच्न् जान पनि छोडेकी छन् । आर्थिक अवस्था कमजोर भएकी कारण सफलको उपचार नहुनेहो की भन्ने चिन्ता उनलाई छ । आफ्नो छोराको उपचारमा सहयोग गरिदिन उनले सबैलाई अपिल गरेकी छन् ।

आजको ट्रेन्डिङ समाचार