काठमाडौं,सोलुखुम्बु, सिन्धुली र महोत्तरीमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु | Samacharpati काठमाडौं,सोलुखुम्बु, सिन्धुली र महोत्तरीमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • काठमाडौं,सोलुखुम्बु, सिन्धुली र महोत्तरीमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं,सोलुखुम्बु, सिन्धुली र महोत्तरीमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं,सोलुखुम्बु, सिन्धुली र महोत्तरीमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं, ८ असोज । काठमाडौं, सोलुखुम्बु, सिन्धुली र महोत्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।काठमाडौं, काठमाडौं महानगरपालिका-१२ भोटेवहालस्थित सडकमा बा ५ ख ७३११ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने पर्सा घर भएका साईकलयात्री ४० वर्षीय भिम लामाको ट्रमा सेन्टरमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोलुखुम्बु, दुधकुण्ड नगरपालिका -९ गोराखानीस्थित सडकमा बाटो खन्नको लागि लैजाँदै गरेको दुधकुण्ड नगरपालिकाको जेसीबीबाट लडेर दुधकुण्ड नगरपालिका धारापानी बस्ने ४८ वर्षीय दावा तामाङको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । जेसीबी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुली, कमलामाई नगरपालिका-२ पिपलभन्ज्याङस्थित सडकमा बा.१७ च ८३४६ नम्बरको पिकअप र ज १० प ७३५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार महोत्तरी बर्दिबास नगरपालिका-२ बस्ने २० वर्षीय सुनिल घतानीको थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सवार महोत्तरी बर्दिबास नगरपालिका(२ बस्ने २१ वर्षीय सुसिल विकको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।महोत्तरी, औरही नगरपालिका(६ बैरियास्थित सडकमा ज २ प ९१५ नम्बरको टयाक्टरको ठक्करबाट सोही ठाउँ बस्ने अरूण मण्डलको ३ वर्षीय छोरा आरएन मण्डलको मंगलबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आजको ट्रेन्डिङ समाचार