गुल्मीमा भयो ४४ घरमा चोरी | Samacharpati गुल्मीमा भयो ४४ घरमा चोरी – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८

गुल्मीमा भयो ४४ घरमा चोरी

गुल्मीमा भयो ४४ घरमा चोरी

गुल्मी, ८ असोज  । गुल्मीमा आइतबारदेखि लगातार रुपमा ४४ घरमा चोरी भएको छ । रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको छ । गुल्मीदरबार गाउँपालिका-१ अन्तरगत बलीथुममा ८ वटा र वडा नम्बर २ अन्तरगत जुभुङ्गको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुंगा नगरपालिका १३ अन्तरगत दुबिचौरमा १५ घरमा चोरी भएको छ। रातको समयमा चोरी गर्दै आइरहेका नचिनेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडेर घरभित्र पसी नगद तथा गरगहना लगायतका सामग्री चोरेको स्थानीयहरुले बताएका छन् ।

गाउँमा चोरीका घटनाहरु बढ्न थालेपछि यतिबेला दुबिचौरमा स्थानीयहरुले रातभर गस्ती अभियान सुरु गरेका छन् । तर स्थानीयहरु एकातिर गस्ती हिँडिरहेको अवस्थामा चोरले अर्कै गाउँमा पसेर चोरी गरी फरार हुने गरेको स्थानीयहरुले बताएका छन् । चाडबाड नजिकिँदै गर्दा चोरीका घटनाहरु बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्ला र स्थानीय प्रहरी चौकिहरुबाट सुरक्षाकर्मीको गस्ती खटाउन थालेको छ । साथै क्षतिको विवरण संकलन तथा चोरहरुको खोजतलास भईरहेको छ ।

सुजन न्यौपाने

आजको ट्रेन्डिङ समाचार