अपहरणको नाटक गर्ने पक्राउ | Samacharpati अपहरणको नाटक गर्ने पक्राउ – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • अपहरणको नाटक गर्ने पक्राउ

अपहरणको नाटक गर्ने पक्राउ

अपहरणको नाटक गर्ने पक्राउ

पोखरा,  ८ असोज ।  जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं ११ फुलबारी बस्ने बर्ष ४२ का नारायण प्रसाद पौडेलले मिति २०७६/०६/०४ गते दिउसो अन्दाजी १३:३० बजेको समयमा आफु अपहरणमा परेको भनि जानकारी गराएका थिए । पौडेलले दिएको सुचनाको आधारमा अपहरणकारीको खोजतलास तथा पौडेलको उद्दारको लागि तत्काल प्रहरी परिचालन गरी खोजतलास कार्य शुरु गरिएको को थियो ।

मिति २०७६/०६/०५ गते पौडेल रुपन्देही जिल्ला गएका र आफुलाई पोखराबाट अपहरण गरी अपहरणकारीहरुले छाडी भारत तर्फ बोलाएको भनि स्थानीय प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पश्चात पौडेललाई आफन्तको जिम्मा लगाई पठाउन यस कार्यालयबाट अनुरोध गरी थप अनुसन्धान कार्य अगाडी बढाइएको थियो । अनुसन्धान पछि  पौडेललाई कसैले अपहरण नगरेको लेनदेनको बिषयलाई लिएर आफ्नो बिपक्षीलाई फसाउन अपहरणको नाटक गरेको खुल्न आएकोले  नारायण प्रसाद पौडेललाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाइएको छ ।

 

आजको ट्रेन्डिङ समाचार