बागवानी अनुसन्धान केन्द्र मालेपाटनमा अधिकृतहरुको मनोमानीका कारण काममा अवरोध गरेको ज्यालादारी कर्मचारीको गुनासो | Samacharpati बागवानी अनुसन्धान केन्द्र मालेपाटनमा अधिकृतहरुको मनोमानीका कारण काममा अवरोध गरेको ज्यालादारी कर्मचारीको गुनासो – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • बागवानी अनुसन्धान केन्द्र मालेपाटनमा अधिकृतहरुको मनोमानीका कारण काममा अवरोध गरेको ज्यालादारी कर्मचारीको गुनासो

बागवानी अनुसन्धान केन्द्र मालेपाटनमा अधिकृतहरुको मनोमानीका कारण काममा अवरोध गरेको ज्यालादारी कर्मचारीको गुनासो

बागवानी अनुसन्धान केन्द्र मालेपाटनमा अधिकृतहरुको मनोमानीका कारण काममा अवरोध गरेको ज्यालादारी कर्मचारीको गुनासो

कृषि अनुसन्धान परिषद (नार्क) अन्तरगत बागवानी अनुसन्धान केन्द्र मालेपाटन पोखरामा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुले आफुहरुलाई प्रशासनले काममा लगाउन आनकानी गरिरहेको आरोप लगाएका छन् । विभिन्न वाहानामा आफुहरुलाई काम नदिने र कार्यालयमा पुगेपनि घरिघरि घर फर्काउने गरेको उनिहरुले गुनासो गरेका हुन् । अहिले बागवानीमा २ पुरुष र १७ महिना गरि १९ जना दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारी छन् । कयौन अप्ठ्यारा तथा चुनौतीहरुका बाबजुत पनि आफुहरुले काम गर्ने गरेको बताएका उनिहरुले प्रशासनका एकाध अधिकृतहरुको मनोमानीका कारण काममा अवरोध गरिएको बताएका छन् । तर, प्रशासनले भने, प्रतिकुल मौषमका कारण काम लगाउन कठिन भएको बताएको छ ।

आजको ट्रेन्डिङ समाचार