लामखुट्टे भगाउन बालेको घुरबाट आगलागी हुँदा ४ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट | Samacharpati लामखुट्टे भगाउन बालेको घुरबाट आगलागी हुँदा ४ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट – Samacharpati
Samacharpati
मङ्लबार, अशोज १२, २०७८
  • होमपेज
  • लामखुट्टे भगाउन बालेको घुरबाट आगलागी हुँदा ४ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट

लामखुट्टे भगाउन बालेको घुरबाट आगलागी हुँदा ४ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट

लामखुट्टे भगाउन बालेको घुरबाट आगलागी हुँदा ४ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट

काठमाडौं, ७ असोज । रौतहट, फतुवाबिजयपुर नगरपालिका-१ बाँकेपुरस्थित शेख जहिरको घरगोठमा लामखुट्टे भगाउन बालेको घुरबाट सोमबार राति आगलागी हुँदा घरगोठ जलेर करिब ४ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागी भएका स्थानहरूमा तत्काल खटी गएको स्थानीय प्रहरीले स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

कपिलवस्तु र रौतहटमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ६ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । कपिलवस्तु, शिवराज नगरपालिका-५ परसियास्थित जयप्रकाश गोयलको कपास गोदाममा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा कपास र फेन्सी कपडा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आजको ट्रेन्डिङ समाचार