काठमाडौँ गोकर्णेश्वरमा ट्रकको ठक्करबाट बालकको मृत्यु | Samacharpati काठमाडौँ गोकर्णेश्वरमा ट्रकको ठक्करबाट बालकको मृत्यु – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • काठमाडौँ गोकर्णेश्वरमा ट्रकको ठक्करबाट बालकको मृत्यु

काठमाडौँ गोकर्णेश्वरमा ट्रकको ठक्करबाट बालकको मृत्यु

काठमाडौँ  गोकर्णेश्वरमा ट्रकको ठक्करबाट बालकको मृत्यु

काठमाडौँ, ७ असोज । काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो । गोकर्णस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले ट्रकले किचेका बालक अरमानको घटनास्थलमा मृत्यु भएको जानकारी दिनुभयो । उक्त ट्रकका चालक कृपाजित राई र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।(रासस)

आजको ट्रेन्डिङ समाचार