कक्षा ११ को परीक्षाफल सार्वजनिक • Nepal's Trusted Digital Newspaperकक्षा ११ को परीक्षाफल सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कक्षा ११ को परीक्षाफल सार्वजनिक

कक्षा ११ को परीक्षाफल सार्वजनिक

  • मङ्लबार, अशोज ७, २०७६
कक्षा ११ को परीक्षाफल सार्वजनिक

काठमाडौं, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफ सार्वजनिक गरेको छ । जेठमा लिइएको कक्षा ११ को परीक्षाको नतिजा केहिबेरअघि सार्वजनिक गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।

बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गरेको छ । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्ठले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गरेको हो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका