“मेरो मुटु” लिएर आईन बरिष्ट गीतकार अम्बिका गुरुङ (भिडियो सहित) | Samacharpati “मेरो मुटु” लिएर आईन बरिष्ट गीतकार अम्बिका गुरुङ (भिडियो सहित) – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • “मेरो मुटु” लिएर आईन बरिष्ट गीतकार अम्बिका गुरुङ (भिडियो सहित)

“मेरो मुटु” लिएर आईन बरिष्ट गीतकार अम्बिका गुरुङ (भिडियो सहित)

“मेरो मुटु” लिएर आईन बरिष्ट गीतकार अम्बिका गुरुङ (भिडियो सहित)

काठमाडौँ, ७ असोज । बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा नयाँ गितको म्युजिक भिडियो “मेरो मुटु” सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा आधुनिक माया प्रेमको भावलाई दुरुस्त म्युजिक भिडियो मार्फत प्रेमिल जोडीलाइ मनमोहक दृश्यमा प्रस्तुत गरिएको छ । चर्चित गायक कृष्ण काफ्लेको सुमधुर आवाज रहेको गीतमा गीतकार आम्बिका गुरुङको गहकिलो शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ ।

अर्जुन अधिकारिको निर्देशनमा बनेको भिडियोलाइ उत्सब दाहाले छायांकन गरेका हुन् भने बिकाश दाहालको सम्पादन रहेको छ । भिडियोमा अनिश बिक्रम शाह र भूमिका केसीको अभिनय रहेको छ । अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । भिडियो हेर्नुहोस

आजको ट्रेन्डिङ समाचार