नयाँ व्यवस्थापनसहित पृथ्वीचोकमा खुल्यो ‘कुन्ती मल’ | Samacharpati नयाँ व्यवस्थापनसहित पृथ्वीचोकमा खुल्यो ‘कुन्ती मल’ – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • नयाँ व्यवस्थापनसहित पृथ्वीचोकमा खुल्यो ‘कुन्ती मल’

नयाँ व्यवस्थापनसहित पृथ्वीचोकमा खुल्यो ‘कुन्ती मल’

नयाँ व्यवस्थापनसहित पृथ्वीचोकमा खुल्यो ‘कुन्ती मल’

पोखरा, ७ असोज । पोखराको पृथ्वीचोकमा नयाँ मल संचालनमा आएको छ । ‘कुन्ती मल’ नाम दिएर यसका संचालकहरुले ‘मल’ संचालनमा ल्याएका हुन् । त्यसो त यो मल संचालनमा आएको २०४७ सालदेखि नै हो ।

अहिले यो मलमा दुईवटा तल्ला थप गरि व्यवस्थित तरिकाले संचालनमा ल्याईएको छ । करिब १२ करोड रुपैयाँ लगानी यो मलमा थप गरिएको संचालक निरञ्जन वजिमयले जानकारी दिनुभयो । पौने तीन रोपनी क्षेत्रफलमा निर्माण भएको यो मलमा हाल १ सय २६ वटा सटरहरुमा व्यवसायीहरुले व्यवसाय गरिरहेका छन् । सबै सटरहरुलाई १ सय ६० वर्गफिटमा बाँडिएको छ । र, ग्राहकहरुलाई हिँडडुलका लागि सजिलो होस् भन्ने हेतुले यहाँ प्रशस्तै खाली ठाउँ पनि छाडिएको छ ।

त्यो सँगै यहाँ किनमेलका लागि आउने ग्राहकहरुको सजिलोका लागि मल व्यवस्थापनले पार्किङको व्यवस्था पनि गरेको छ । मलमा हाल डिपार्टमेन्टल स्टोर, गहना पसल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, फेन्सी पसलहरु, कस्मेटिक र जुत्ता पसल, सैलुन लगाएतका सुविधा छन् । र, अझै केही भिन्न शैलीका पसलहरु थपिने क्रममा रहेको मल व्यवस्थापनले जनाएको छ । व्यवस्थापनले ‘मल’को आधिकारिक शुभारम्भ १२ गते गर्ने जनाएको छ । र, सोही अवसरमा विशेष कार्यक्रमहरु पनि मल परिसरमा हुने बताएको छ ।

दुई दिने विशेष साँगीतिक कार्यक्रममा भाइरल बाबा, परमिता राणा, छेवाङ लामा, सुजन जिम्बा, क्रिष्टल क्लज डान्स क्रु, बि टु डी, लक्ष्य ब्याण्ड, कमेडीतन्त्र, ब्ल्याक शिप ब्याण्ड, टिकटक क्विन अमिता गुरुङ, रोडिजका प्रतिस्पर्धी अनिमेश शाही लगाएतको प्रस्तुती रहने मल व्यवस्थापनले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार